रुसी खोप स्पुत्निकलाई २६ देशमा अनुमति

शुक्रबार, माघ ३०, २०७७

मस्को । कोरोनाभाइरस विरुद्ध रुसमा विकास गरिएको खोप प्रयोगका लागि विश्वका २६ देशमा अनुमति पाएको छ । रूसी डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड (आरडिआइएफ) ले रुसी खोप स्पुत्निक–भी प्रयोगका लागि २६ देशले अनुमति दिएको जानकारी दिएको हो । ‘अहिलेसम्म विश्वका २६ देशका अधिकारीहरूले स्पुत्निक–भीको प्रयोगका लागि अनुमति दिइसकेका छन्’, आरडिआइएफद्वारा जारी वक्तव्यमा उल्लेख छ । यति धेरै देशहरुले कोरोनाविरुद्ध लड्नका लागि स्पुत्निक–भीको प्रयोग गर्न अनुमति दिइएकाले यो खोप विश्वकै धेरै लोकप्रिय खोपअन्तर्गत परेको अधिकारीहरूको भनाइ छ । उनीहरूका अनुसार धेरै माग गरिएकामध्ये तेस्रो क्रममा स्पुत्निक–भी खोप परेको छ ।– एएनआई
 

प्रकाशित मिति: शुक्रबार, माघ ३०, २०७७  २१:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार