थप २१ सय जनामा सङ्क्रमण, १३ जनाको मृत्यु

कोरोना भाइरस
शुक्रबार, कात्तिक २८, २०७७

काठमाडौं । विगत २४ घण्टामा नेपालभरि थप २ हजार १११ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । १३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सो अवधिमा कुल ९ हजार ५३३ जनाको परीक्षण गर्दा त्यति संख्यामा सङ्क्रमित फेला परेका हुन् । काठमाडौं उपत्यकामा सर्वाधिक परीक्षण गरिने र सङ्क्रमित फेला पर्ने क्रम जारी छ । यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल संख्या दुई लाख छ हजार नाघेको छ ।
अहिलेसम्म नेपालमा १ हजार २०२ सङ्क्रमितको कोभिड–१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले जनाएको छ । अहिले थप ३,५३७ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा अहिले पुष्टि भएका ३७,०२२ जना सक्रिय सङ्क्रमित छन् । अहिलेसम्म १ हजार ६८ हजार १२९ जना निको भएको सरकारी तथ्यांक छ । सङ्क्रमितहरू निको हुने दर ८१.५ प्रतिशत पुगेको छ । गत कात्तिक ५ गते सर्वाधिक ५,७४३ जना सङ्क्रमित फेला परेका थिए ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०७७  १९:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार