अमेरिकाले दियो सय थान भेन्टिलेटर

शुक्रबार, कात्तिक २८, २०७७

काठमाडौँ । कोभिड–१९ विरुद्धको लडाईंमा सहयोग पु¥याउन अमेरिकी सरकारले नेपाललाई एक सय थान भेन्टिलेटर सहयोग गरेको छ ।
अमेरिकाले आफ्नो अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) मार्फत नेपाललाई भेन्टिलेटर सहयोग गरेको हो । नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई भेन्टिलेटर हस्तानतरण गरेका हुन् ।
भेन्टिलेटर हस्तान्तरणपछि राजदूत बेरीले असल र खराब सबै समयमा अमेरिका नेपालसँग साझदारी गर्न प्रतिबद्ध रहेको बताए । अति दुर्गम क्षेत्रका समुदायको उपचारमा समेत प्राप्त भेन्टिलेटरले सहयोग पु¥याउने उनले बताए । ७० वर्षभन्दा लामो समयदेखि विपद्, द्वन्द र कठिन अवस्थामा अमेरिकाले नेपाललाई सहयोग गर्दै आएको उल्लेख गर्दै उनले सहकार्यलाई निरन्तरता दिन कोरोना महामारीको समयमा पनि सहयोग गरेको बताए ।
स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोनाविरुद्धको लडाईंका लागि जनधनको सुरक्षा गर्न अमेरिकाले सुरुवाती चरणबाटै सहयोग गर्दै आइरहेको उल्लेख गर्दै अहिले ठूलो संख्यामा भेन्टिलेटर सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे । 
उनले प्राप्त भेन्टिलेटर शुक्रबार नै वितरण सुरु गरिएको बताए । सातै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई ७–७ वटाका दरले वितरण गरिने र बाँकी रहेका भेन्टिलेटर हरेक सरकारी अस्पताललाई दुई—दुई वटाका दरले वितरण गरिने उनले जानकारी दिए ।
भेन्टिलेटरका अतिरिक्त यूएसएआइडीले देशका १ सय १३ पालिकामा संक्रमण अनुसन्धान टोलीलाई सहयोग गरेको छ । यूएसएआईडीले अहिलेसम्म २० लाख परिवारलाई टेलिफोनमार्फत परामर्श समेत दिएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०७७  १३:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार