बहराइनमा रुसी खोप लगाउन अनुमति 

बिहीबार, माघ २९, २०७७

मनामा । बहराइनमा रुसमा विकास गरिएको कोरोनाभाइरसविरुद्धको खोप प्रयोगका लागि पनि अनुमति दिइएको छ । बहराइनका स्वास्थ्य अधिकारीहरूले बुधबार स्पुट्नीक भी खोपलाई आपत्कालीन अवस्थामा उपभोगका लागि अनुमति दिइएको हो । राष्ट्रिय स्वास्थ्य नियामक निकाय (एनएचआरए)ले स्पुट्नीक भी पनि कोरोनाभाइरसविरुद्ध प्रभावकारी देखिएकाले अत्यावश्यक अवस्थामा उपभोग गर्नेगरी अनुमति दिइएको जनाएको छ ।‘वैज्ञानिक तथा चिकित्सकीय परीक्षण गर्दा यो खोप पनि उपभोगका लागि उपयुक्त देखिएकाले प्रयोग गर्न अनुमति दिइएको हो’, एक अधिकारीले भने ।  उनीहरूले खोपको उत्पादन भने अन्तर्राष्ट्रिय मापदण्ड तथा गुणस्तरअनुसार हुनु पर्नेमा पनि जोड दिएका छन् ।  बहराइनमा कोरोनाविरुद्धका अन्य खोपहरूको प्रयोग भने यसअघिदेखि नै हुँदै आएको थियो ।– सिन्ह्वा
 

प्रकाशित मिति: बिहीबार, माघ २९, २०७७  ०६:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार