कोरोना सङ्क्रमणको दरमा उल्लेख्य कमी 

विश्व स्वास्थ्य संगठन भन्छ, ‘संक्रमितको संख्यामा १७ प्रतिशतले कमी आयो’
बिहीबार, माघ २९, २०७७

जेनेभा । कोरोनाभाइरसबाट विश्वभरी सङ्क्रमित भएकाहरूको संख्यामा १७ प्रतिशतले कमी आएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले दिएको जानकारीअनुसार पछिल्लो हप्ताको विवरणमा सङ्क्रमितको सङ्ख्या घट्दै गएको देखिएको हो । पछिल्लो हप्तामा ३१ लाख नयाँ सङ्क्रमित भेटिएको डब्लूएचओले जनाएको विवरण   सीएनएनले सार्वजनिक गरेको छ । यो सङ्ख्या अघिल्लो हप्ताको तुलनामा १७ प्रतिशत कम भएको उनीहरूको भनाइ छ । झण्डै १५ हप्ता अगाडि गत अक्टोबरपछिको सबैभन्दा कम सङ्क्रमित अहिले नै भएको तथ्याङ्कमा उल्लेख छ ।   अमेरिकी तथा युरोपेली मुलुकसँगै अफ्रिकी मुलुकहरूमा पनि सङ्क्रमितहरूको सङ्ख्यामा कमी हुँदै गएको डब्लूएचओले जनाएको छ ।  त्यसैगरी पछिल्लो एक हप्तामा विश्वभरी ८८ हजारभन्दा बढीको मृत्यु भएको छ । यो सङ्ख्या पनि अघिल्लो हप्ताको तुलनामा १० प्रतिशत कम हो ।–एएनआइ
 

प्रकाशित मिति: बिहीबार, माघ २९, २०७७  ०६:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार