थप १३४ मा कोरोना पुष्टि

बुधबार, माघ २८, २०७७

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १३४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय  तीन हजार ५६७ जनाको स्वास्थ्य परीक्षण गर्दा ६३ महिला र ७१ पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो समय कोरोनाका कारण मृत्यु हुनेको संख्या भने शून्य रहेको छ । आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई लाख ७२ हजार ३४९  पुगेको छ । त्यस्तै  पछिल्लो समय थप ११८ निको भएका छन् । योसँगै निको हुनेको संख्या दुई  लाख ६८ हजार ५४९ रहेको छ । अहिले देशभर एक हजार ७५३ सक्रिय सङ्क्रमित छन् । तीमध्ये ८८ जना क्वारेन्टिनमा रहेका छन् । एक हजार ७५३ जना आइसोलेशनमा, ७२ जना आइसियुमा र १६ जना भेन्टिलेटरमा उपचार छ । हालसम्म नेपालमा २१ लाख चार हजार ६२६ को पिसिआर परीक्षण भएको छ । हालसम्म कोरोनाबाट दुई हजार ४७ जनाले ज्यान गुमाएका छन् ।
 

प्रकाशित मिति: बुधबार, माघ २८, २०७७  २१:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार