भक्तपुरमा नगरव्यापी विद्यालय स्तरीय खेलकुद प्रतियोगिता 

मंगलबार, मंसिर २१, २०७८

भक्तपुर, २१ मंसिर । भक्तपुर नगरव्यापी विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सोमबारबाट सुरु भएको छ । सोमबार भक्तपुरको सहिदस्मृति खेलमैदानमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

खेलाडीहरूले  सामूहिक, समन्वय, सहयोग र सहकार्यको सदुपयोग गर्दै आफ्नो खेलको विकास गर्ने हुँदा यसले भविष्यमा व्यक्तित्व विकासमा समेत विशेष योगदान रहेकोले पालिकाले खेलकुद प्रतियोगिता गरेको जनाइएको छ ।
    
अध्यक्ष बिजुक्छेँले मित्रता, अनुशासन र स्वस्थ जीवनको लागि खेलकुद अत्यन्त महत्त्वपूर्ण हुने र खेलाडीहरूले देशको गरिमा बढाउने बताए । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्यमा उत्कृष्टता हासिल गरेसँगै खेलकुद क्षेत्रबाट राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने काम गरिरहेको बताए ।

उनले विद्यार्थीहरूको अनुकूल समयमा विद्यार्थीहरूलाई खेलकुद गतिविधिमा सक्रिय बनाउन प्रत्येक वर्ष अन्तर विद्यालय खेलकुद प्रतियोगिता आयोजना गर्दै आइरहेको बताए ।
    
प्रतियोगिता मंसिर २० गतेदेखि २४ गतेसम्म हुनेछ । प्रतियोगितामा नगरपालिकाभित्रका ६० वटा भन्दा बढी विद्यालयका १८८५ जना खेलाडीहरूले प्रतिस्पर्धामा सहभागिता रहेको पालिकाले बताएको छ । 

टेबुलटेनिस, भलिबल, फुटसल, कबड्डी, खोखो, एथ्लेटिक्स, बुद्धिचाल, ब्याडमिन्टन, कराँते, उसु, तेक्वाण्डो, जिम्नाष्टिक, पोर्टबल, कसिमला पाँय गरी १४ वटा खेलका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति: मंगलबार, मंसिर २१, २०७८  ०५:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार