युभेन्ट्स पाँचौ स्थानमा उक्लियो

सोमबार, मंसिर २०, २०७८

काठमाडौं, २० मंसिर  : इटालियन सिरी ए मा आठौँ जित निकाल्दै युभेन्ट्स पाँचौ स्थानमा उक्लिएको छ । आइतबार राति घरेलु मैदान टुरिनमा भएको खेलमा युभेन्ट्सले जिनोआलाई २-० अन्तरले पराजित गरेको हाे । 

युभेन्ट्सको सहज जितमा जुआन कोर्डाडो र पाउलो डिबालाले गोल गरे । जितसँगै युभेन्ट्स १६ खेलबाट २७ अंक जोडेर पाँचौ स्थानमा छ । पराजित जिनोआ १० अंक जोडेर १८औँ स्थानमा रहेको छ ।

१६ खेलमा ३८ अंक जोडेको एसि मिलान शीर्ष स्थानमा छ ।

प्रकाशित मिति: सोमबार, मंसिर २०, २०७८  ०८:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार