सातदोबाटोसँग एपीएफ निरीह, मार्टिन्सको ह्याट्रिक

शहीद स्मारक फुटबल प्रतियोगितामा
शुक्रबार, मंसिर १७, २०७८

काठमाडौं, १७ मंसिर  : विदेशी खेलाडी अजयी मार्टिन्सको  ह्याट्रिक प्रेरित सातदोबाटो यूथ क्लब स्मारक ‘ए’ डिभिजन लिगमा एपीएफ फुटबल क्लबलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको दोस्रो खेलमा नवप्रवेसी सातदोबाटोले आफ्नो अपराजित यात्रा कायम राख्दै एपीएफ माथि ४-१ अन्तरको सानदार जित निकालेको हो । 

सातदोबाटोको जितमा मार्टिन्सले ह्याट्रिक गर्दा सुशील राईले एक गोल गरे । सातदोबाटोका डिफेन्डर करन रावतको आत्माघाती गोल गरे ।

सातदोवाटोका लागि ४२औं मिनेटमा मार्टिन्जले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए । यस्तै पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै मार्टिन्जले सातदोबाटोको अग्रता दोब्बर बनाए । 

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा २–० को नतिजामा पछाडि परेको एपीएफका लागि ४९औं मिनेटमा विक्की तामाङले पहिलो गोल गरे । त्यसको एक मिनेट नबित्दै सुशील राईले सातदोबाटोका लागि  तेस्रो गोल गरे । 

खेलको ५८ मिनेटमा मार्टिनले ह्याट्रिक पूरा गरे । जारी शीर्ष डिभिजन लिगमा यो पहिलो ह्याट्रिक हो । उनी नै खेलको म्यान अफ दि म्याच भए ।

जितसँगै सातदोबाटो ३ खेलमा ७ अंक जोड्दै शीर्ष स्थानमा छ । यता लगातार तेस्रो हारसँगै एपीएफ पुछार अर्थात् रेलिगेसन जोनमा छ । शनिबार लिगमा दुई खेल हुनेछन् ।

थ्रीस्टार र फ्रेन्ड्स क्लबबीचको खेल बराबरी
    
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्र्गत आजदेखि सुरु भएको तेस्रो चरणको पहिलो खेलमा थ्रीटार क्लबले फ्रेन्ड्स क्लबसँग बराबरी खेल्दै अङ्क बाँडेको छ । 
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा थ्रीस्टार र  फ्रेन्ड्स क्लबको खेल १–१ गोलको बराबरीमा टुङ्गिएको हो । दुवै टोलीले एक÷एक अङ्क बाँडेका छन् । खेलमा पहिलो अग्रता भने फ्रेन्ड्स क्लबले लिएको थियो । खेलको ५१औँ मिनेटमा फ्रेन्ड्सका नाथनिल जुड ग्रासियाले एक गोल गरे । कप्तान प्रकाश बुढाथोकीको क्रसमा फ्रेन्ड्सका ग्रासियाले हेडमार्फत गोल गर्दै फ्रेन्ड्सलाई पहिलो अग्रता दिलाएका हुन् ।
त्यस्तै थ्रीस्टारका लागि भने मिक्छेन तामाङले गोल गरे । उनले खेलको ८३औँ मिनेटमा एक गोल फर्काउँदै खेललाई १–१ को बराबरीमा ल्याए । यस बराबरी खेलसँगै थ्रीस्टारले तीन खेलबाट चार अङ्क जोडेको छ । समान खेल खेलको फ्रेन्ड्सको भने दुई अङ्क छ । यसअघि पहिलो खेलमा थ्रीस्टारले च्यासल युथ क्लबलाई ३–० गोलअन्तरले  पराजित गरेको थियो भने दोस्रो खेलमा सातदोबाटोसँग १–० गोअन्तरले पराजित भएको थियो ।
त्यस्तै फ्रेन्ड्स क्लबले पहिलो खेलमा सातदोबाटोसँग गोलरहित बराबरी खेलको थियो भने दोस्रो खेलमा सङ्कटा क्लबसँग २–१ गोलअन्तरले पराजित भएको थियो । 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर १७, २०७८  २१:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार