प्रदर्शनकारीलाई म्यान्माको सेनाको आह्वान 

संयमता अपनाउन सबैसँग आग्रह 
सोमबार, माघ २६, २०७७

याङ्गुन । शासनसत्ता हातमा लिएको म्यान्माको सेनाले संयमता अपनाउन सबैलाई आह्वान गरेको छ । देशमा स्थिरताका लागि अहिलेको प्रदर्शन र विरोध बाधक हुने म्यान्माको सेनाको ठहर देखिएको छ । सेनाका तर्फबाट सोमबार जारी वक्तव्यमा देशभरी भइरहेका प्रदर्शन र विरोधप्रति ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।  सेनाले सत्ता हातमा लिएको विरोधमा म्यान्मामा सोमबार पनि देशभरी शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन भइरहेका छन् ।

म्यान्माको सेनाले स्थिरता, सार्वजनिक सुरक्षा र कानूनको पालना सुनिश्चित गर्न पनि सबैलाई अनुरोध गरेको छ ।  प्रदर्शनकारीहरूले स्टेट काउन्सीलर तथा चर्चित प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलगायतका नेताहरूलाई तत्काल रिहा गर्न माग गरेका छन् ।
म्यान्माको सेनाले यही फेब्रुअरी १ तारिखका दिन देशका धेरै नेताहरूलाई नियन्त्रणमा लिएर शासन सत्ता आफ्नो हातमा लिएको घोषणा गरेको थियो ।  सेनाले नेताहरूलाई नियन्त्रणमा लिएर आफैँ निर्वाचन गराउने भन्दै एक वर्षका लागि सङ्कटकालसमेत घोषणा गरेको छ । गत नोभेम्बरमा भएको निर्वाचनपछि गठित नयाँ संसद् र त्यसपछिका प्रक्रियाप्रति सेनाले असन्तुष्टि जनाउँदै आएको थियो । त्यही असन्तुष्टिकै बहानामा सेनाले सत्ता लिएकोप्रति धेरै तिरबाट विरोध भइरहेको छ । सेनाले राजनीतिक हस्तक्षेप गरेपछि शुरु भएको विरोध प्रदर्शनमा दिनप्रतिदिन सहभागिता पनि बढ्दै गइरहेको छ । – सिन्ह्वा

प्रकाशित मिति: सोमबार, माघ २६, २०७७  २२:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार