मालदिभ्समा छ हजारलाई दिइयो कोभिड खोप

आइतबार, माघ २५, २०७७

माले । माल्दिभ्सले कोभिड–१९ विरूद्धको खोप सुरू गरेको पहिलो छ दिनमा छ हजार व्यक्तिलाई खोप लगाएको यहाँकोे स्वास्थ्य सुरक्षा निकायले जानकारी दिएका छन् । 
तथ्याङ्क अनुसार माल्दिभ्समा शनिबार   दुई हजार ५७५ व्यक्तिले खोप लगाएसँगै अहिलेसम्म कोभिड–१९ विरूद्धको खोप लिने व्यक्तिको सङ्ख्या छ हजार ८५४ पुगेको छ । खोप लगाएकाहरूमध्ये पाँच हजार ५८८ व्यक्ति राजधानीका रहेका र एक हजार २६६ राजधानी बाहिरका क्षेत्रका छन् ।  यसैबीच माल्दिभ्समा शनिबार कोभिड–१९ सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या १०९ रहेको र शनिबारसम्म कूल दुई हजार ३९ व्यक्तिमा सक्रिय सङ्क्रमण रहेको छ भने २०७ जनालाई कोभिड–१९ सङ्क्रमण उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । माल्दिभ्समा अहिलेसम्म कूल १६ हजार ६५६ व्यक्तिमा काभिड–१९ सङ्क्रमण पुष्टि भएको छ भने यसमध्ये १४ हजार ५५६ व्यक्ति उपचारपछि निको भई घर फर्किएका छन् भने ५४ सङ्क्रमितको मृत्यु भएको छ । माल्दिभ्स सरकारले आफ्ना सबै नागरिकलाई कोभिड–१९ विरूद्धको खोप निःशुल्क उपलब्ध गराउने र आगामी छ महिनामा सबैलाई खोप लगाईसक्ने बताएको छ ।– सिन्ह्वा 
 

प्रकाशित मिति: आइतबार, माघ २५, २०७७  २१:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार