बङ्गलादेशले पनि शुरु ग¥यो कोरोना खोप 

आइतबार, माघ २५, २०७७

ढाका । बङ्गलादेशले आइतबारदेखि कोरोना भाइरसको खोप सर्वसाधारणलाई लगाउन थालेको छ । उसले जनवरी अन्त्यमा दुई दिने परीक्षणस्वरुप कोरोना खोप शुरु गरेको थियो । कोरोना भाइरसविरुद्धको खोप आइतबारदेखि देशव्यापीरुपमा अभियानकै रुपमा शुरु भएको छ । बङ्गलादेशका स्वास्थ्यमन्त्री जाहिद मालेकले आइतबार बिहान राजधानी ढाकाबाट भिडियो कन्फरेन्सिङबाट स्वास्थ्यकर्मीलाई सम्बोधन गर्दै विशाल खोप अभियानको उद्घाटन गरे ।  खोप अभियानको राजधानी ढाकामा दर्जनौँसहित देशभरका एक हजार १५ स्वास्थ्य केन्द्रको बन्दोबस्त गरिएको छ ।  २८ जनवरीमा ढाकामा परीक्षणस्वरुप दिइएको खोप अभियानमा ५२९ जना स्वास्थ्यकर्मीले खोप लिएका थिए । प्रधानमन्त्री शेख हसिनाले संसद्मा गरेको सम्बोधनमा सरकारले एक करोड ६९ लाखलाई खोप दिन पर्याप्त व्यवस्था गरेको बताएकी छन् ।  बङ्गलादेशलाई जनवरी २१ मा अक्सफोर्ड र एस्ट्राजेनेकाबाट निर्मित २० लाख खोपको भारतले उपहार दिएको थियो । बङ्गलादेशले भारतको सेरम संस्थानबाट खोपको ५० लाख डोज किनेको छ । उक्त खोप जनवरी २५ मा नै बङ्गलादेश आइपुगेको थियो ।–सिन्ह्वा

प्रकाशित मिति: आइतबार, माघ २५, २०७७  १८:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार