नेयमार दुई महिना मैदान बाहिर रहने

मंगलबार, मंसिर १४, २०७८

काठमाडौं, १४ मंसिर । ब्राजिलियन स्टार तथा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) का स्ट्राइकर नेयमार जुनियर घुँडाको चोटका कारण दुई महिना मैदान बाहिर रहने भएका छन् । २९ वर्षीय नेयमार आइतबार लिग वानअन्तर्गत सेन्ट इटेनेसँगको खेलमा ३–१ ले विजयी हुँदा घाइते भएका थिए ।   पिएसजीले सोमबार विज्ञप्तिमार्फत नेयमार ६ देखि आठ हप्ता मैदान बाहिर रहने बताएको हो ।  पिएसजीका प्रशिक्षक माउरिसियो पोचेटिन्होले चोट गम्भीर नभएको बताए पनि घुँडाको लिगामेन्टमा समस्या देखिएको बताएका छन् । 

प्रकाशित मिति: मंगलबार, मंसिर १४, २०७८  १४:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार