कुशलले डेब्यु गरेको खेलमा टिम आबुधाबी विजयी 

आइतबार, माघ २५, २०७७

काठमाडौं । नेपाली क्रिकेट खेलाडी कुशल मल्लले डेब्यु गरेको टी– १० लिगमा उनी आवद्ध टिम आबुधाबी विजयी भएको छ । टिम आबुधाबीले कलन्दर्सलाई २१ रनले पराजित गरेको छ । युनाइटेड अरब इमिरेट्स (युएई)को आबूधाबीमा जारी टी–१० लिगमा  कलन्दर्सले टस जितेर फिल्डिङ रोेजेको थियो । टिम आबुधाबीले ब्याटिङ गर्दै निर्धारित १० ओभरमा ६ विकेटको क्षतिमा १२४ रन बनायो । एक सय २५ रनको विजयी लक्ष्य पछ्याएको कलन्दर्सले १० ओभरमा पाँच विकेट गुमाउँदै मात्र १०३ रन बनाउन सक्यो । कलन्दर्सविरुद्धको खेलमा डेब्यु गर्दै नेपाली अलराउण्डर कुशल मल्लले १२ बलमा १८ रनको योगदान दिए । उनले एक छक्का र एक चौका प्रहार गरे । यसअघिका दुई खेलमा टिम आबुधाबीले मल्ललाई खेल्ने अवसर प्रदान गरेको थिएन । मल्ल पौल स्र्टलिङ र लियोनार्दो जुलियनपछि तेस्रो नम्बरमा टिम आबुधाबीका लागि ब्याटिङ गर्न मैदानमा उत्रिएका थिए । उनलाईसातौं ओभरको चौथो बलमा कलन्दर्सका मोहम्मद जिहादले पेभेलियन फर्काए । युएईमा जारी टी– १० लिगमा मल्लका साथै नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का, सोमपाल कामी र करण केसीले खेलिरहेका छन् । 

प्रकाशित मिति: आइतबार, माघ २५, २०७७  ०४:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार