थपिए ९९ जनामा कोरोना सङ्क्रमित 

आइतबार, माघ २५, २०७७

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय दुई हजार ७९४ जनाको स्वास्थ्य परीक्षण गर्दा ४२ महिला र ५७ पुरुष गरी कूल ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।  अहिलेसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख७१ हजार ८०६ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप २४८ जना उपचारपछि निको भएर घर फर्किएका छन् । यो सँगै उपचारपछि निको हुनेको सङ्ख्या दुई लाख ६७ हजार ८१२ पुगेको छ । नेपालमानिको हुने दर भने ९८ दशमलब ५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
अहिले देशभर एक हजार ९५९ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये ९५ जना क्वारेन्टिनमा र एक हजार ९५९ जना आइसोलेशनमा छन् । हालसम्म नेपालमा  २० लाख ९१ हजार १६६ को पिसिआर परीक्षण भएको छ ।  नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार ३५ पुगेकोे मन्त्रालयले जनाएको छ । 
 

एक हजार निजी विद्यालय बन्द हुने अवस्थामा 

कोरोना माहामारीका कारण मुलुकभरीका एक हजार निजी विद्यालय बन्द हुने अवस्थामा पुगेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) केन्द्रीय कार्य समिति र जिल्ला अध्यक्षको यहाँ आयोजित भेलाका अवसरमा आयोजित पत्रकार सम्मेलनमा प्याब्सनका अध्यक्ष टीकाराम पुरीले कोरोना सङ्क्रमणका कारण लामो समयदेखि पठनपाठन बन्द हुँदा शिशु कक्षादेखि १२ कक्षासम्मका लगभग १० हजार निजी विद्यालयमध्ये करिबएक हजार विद्यालय (१० प्रतिशत) बन्द हुने अवस्थामा पुगेको जानकारी दिए । उनले केन्द्रीय समितिको बैठकले गरेको निर्णयानुसार बन्द हुने अवस्थामा पुगेका विद्यालयको पूँजी तथा रोजगारी संरक्षण गर्न अन्य विद्यालयमा समाहित गर्न सरकारले विशेष सहुलित दिनुपर्ने माग गरेका  छन् । अति प्रभावित निजी विद्यालयलाई बंैकबाट लिएको ऋणको सावा तथा ब्याज भुक्तानका लागि आगामी असार मसान्तसम्म समय थप दिनुपर्ने र त्यस अवधिमा कालो सूची तथा लिलामीको प्रक्रियामा नराख्न सरकारसँग आग्रह गरिने निर्णय भएको उनले जानकारी दिए ।
 

प्रकाशित मिति: आइतबार, माघ २५, २०७७  ०४:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार