कोरोना खोप सुरु गरेपछि भारतमा सक्रिय संक्रमित घट्दै 

संक्रिय संक्रमितको संख्या एक लाख ५० हजारभन्दा कम 
शनिबार, माघ २४, २०७७

नयाँदिल्ली । भारतले कोरोना भाइरसको खोप सुरु गरेपछि कोरोना भाइरस संक्रमणको दर पनि कम हुँदै गएको छ । शनिबारसम्म कोरोना भाइरसका सक्रिय सङ्क्रमित एक लाख ४८ हजार ५९० मात्र रहेका छन् । भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु गरिएको हो । हालसम्म करिब ५३ लाख व्यक्तिले खोप लगाइसेकेका छन् । कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायःस्वास्थ्यकर्मी छन् । यहाँ कोरोना भाइरस सङ्क्रमितको संख्या शुक्रबारसम्म एक करोड आठ लाख १४ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा ११ हजार ७१३ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड आठ लाख १४ हजार ३०४ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार जनाएको छ ।  भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण ९५ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५४ हजार ९१८ जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड पाँच लाख १० हजारभन्दा बढी व्यक्ति सङ्क्रमणमुक्त भएका छन् । हाल भारतमा एक लाख ४८ हजार ५९० जना सक्रिय सङ्क्रमित छन् ।  भारतको राष्ट्रिय राजधानी दिल्लीमा शुक्रबार १५४ जना थप व्यक्तिमा कोरोना भाइरसका सङ्क्रमण देखिएको र दुई जनाको मृत्यु भएको छ । भारतमा कोभिड¬¬–१९ शुरु भएयता भाइरस सङ्क्रमणको कारण दिल्लीमा १० हजार ८७३ को मृत्यु भइसकेको छ ।  यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले शुक्रबारसम्म देशभरी २० करोड ६ लाख ७२ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ । शुक्रबार एकै दिनमा मात्र सात लाख ४० हजार ७९४ व्यक्तिलाई कोभिड¬–१९ परीक्षण गरेको शुक्रबार जनाइएको छ ।–सिन्ह्वा
 

प्रकाशित मिति: शनिबार, माघ २४, २०७७  १७:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार