चीनले पाँच लाख कोराना खोप दिने

शनिबार, माघ २४, २०७७

काठमाडौं । चीनले कोभिड–१९ विरुद्धका पाँच लाख  खोप अनुदानस्वरुप उपलब्ध गराउने भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चीनका विदेशमन्त्री वाङ यीबीच शुक्रबार भएको टोलिफोन वार्तामा उनका चिनियाँ समकक्षीले उक्त परिमाणको खोप सहयोगको घोषणा गरेको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । चिनियाँ सहयोगप्रति मन्त्री ज्ञवालीले आभार व्यक्त गरेका छन् । 
 

प्रकाशित मिति: शनिबार, माघ २४, २०७७  १४:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार