महिला त्रिकेट एकेडमीको शिलान्यास

सोमबार, मंसिर ६, २०७८

नेपालगञ्ज । बाँकेको कोहलपुरमा निर्माण हुने राष्ट्रिय क्रिकेट महिला एकेडमीको युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले शिलान्यास गरेका छन् । प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदान परिसरमा निर्माण हुने आवासीय सुविधासहितको महिला क्रिकेट एकेडमी रु एक अर्ब २२ करोडको लागतमा तीन वर्षभित्र निर्माण सक्ने लक्ष्य निर्धारण गरिएको छ । त्यस अवसरमा मन्त्री गहतराजले कोहलपुर क्रिकेट मैदान र राष्ट्रिय क्रिकेट महिला एकेडेमी मन्त्रालयको प्राथमिकतामा परेको बताए । उनले एकेडेमी निर्माणका लागि फास्ट ट्र्याकमा डिपिआर तयार भइसकेको जानकारी समयभित्र निर्माणको काम सकिने विश्वास दिलाए । मन्त्री गहतराजले कोहलपुर नगरपालिकाभित्र निर्माण गर्ने भनिएको कोहलपुर खेलमैदानका लागि पनि मन्त्रालयले रु ७० लाख बजेट सुनिश्चित गरेको बताए ।–रासस

 

प्रकाशित मिति: सोमबार, मंसिर ६, २०७८  ०५:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार