राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
धर्म/संस्कृति
थप
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
गृहपृष्ठ
राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
थप
धर्म/संस्कृति
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
सोसल मिडिया
Contact Us
युनिकोड
Weather Update
राजनीति
लाहुरे बन्न खोज्दा छापामार बनेका खगेन्द्र
लाहुरे बन्न खोज्दा छापामार बनेका खगेन्द्र
भविन कार्की
आइतबार, मंसिर ५, २०७८
आइतबार, मंसिर ५, २०७८
संखुवासभा, ५ मंसिर : खगेन्द्र अधिकारी (भूमि) २०३७ साल वैशाखमा संखुवासभाको चैनपुर नगरपालिका–२ तिखेढुंगामा जन्मिएका हुन् । देश परिवर्तन गर्ने उत्साह बोकेर छापामार बनेका खगेन्द्रले थुप्रै आरोहअवरोह पार गरेको बताउँछन् । मुलुक परिवर्तन गर्ने सोचसहित माओवादी युद्धमा होमिएका उनी अहिले त्यही राजनीतिले दिएको चोट र पीडा बोकेर बाँचेका छन् ।
अधिकारी लाहुरे बन्न खोज्दा छापामार भएका बताउँछन् । कक्षा ८ पास गरेपछि अधिकारीलाई प्रहरी–सेनामा जाने सोच पलायो । सानैदेखि बन्दुकसहित युनिफर्ममा हिँडेको देख्दा लोभिन्थे । एकदिन सेना बन्छु भन्ने लाग्थ्यो रे खगेन्द्रलाई । उनले कक्षा ८ पास गर्नेबित्तिकै नागरिकता बनाइसकेका थिए । २०५६ सालमा शारदा माविमा कक्षा ९ मा पढ्दै थिए ।
गाउँघरमा भुसको आगो जस्तै माओवादीको चर्चा हुन थालेको थियो । पारिगाउँका बद्रिहाङ लिम्बू गाउँमा आए । उनले माओवादीबारे बताए । माओवादीमा प्रवेश गरे सेना हुन पाउने भनेर फकाए । उनले खोजेको त्यही थियो । प्रफुल्ल भए । अनि गाउँस्तरका माओवादी कार्यकर्ता बने । त्यसपछि उनी गाउँका नेता नै भए ।
गाउँमा हुने विवाद र अन्यायविरुद्ध उनी सक्रिय भए । सामाजिक विकासका काममा पनि अगुवाइ गर्न थाले । बद्रीहाङ लिम्बूको प्रेरणाबाट उनी माओवादी बने । बद्रीहाङसहितका अरू नेता आउनेजाने क्रम बढ्न थाल्यो । २०५७ सालमा बिमल नामका कार्यकर्ता सिन्धुपाल्चोकबाट आए । उनलाई जिल्लाबारे जानकारी दिने र बाटो देखाउन थाले । अनि विजय साम्पाङ र पदम राई विकास (पूर्वराज्यमन्त्री) का टोली आउन थाले । भेटघाट बाक्लिँदै गयो ।
२०५७ सालतिर सिद्धकालीमै रातिराति गाउँका युवा जम्मा गरेर तालिम गराउन थाले । त्यसपछि पढाइ छोडे । त्यतिबेलासम्म होलटाइमर माओवादी बनिसकेका थिए । अधिकारीले २०५८ सालमा महिमका धनाढ्यको धन्सार फोडेर धान, मकै र कोदो किसानलाई बाँडिदिएको उनी सुनाउँछन् । ‘त्यसपछि पूर्णरूपमा घर छाडेर हिँडेँ । काकाको छोरा र मसँगै हिँडेका थियौँ । पछि ऊ सोलखम्बुको भिडन्तबाट बेपत्ता भयो, अहिलेसम्म अत्तोपत्तो छैन’, उनी भन्छन् ।
माओवादी राजनीतिक सेना
माओवादी सेना सर्वहारा वर्गको मुक्तिका लागि लड्ने राजनीतिक सेना भनेर प्रशिक्षण दिइन्थ्यो । उनी ठिकै मान्थे । गाउँघरमा धनी–गरिबको विभेद, जातीय विभेद, धार्मिक विभेद र साहु महाजनले गर्ने विभेदबारे तालिममा सिकाइन्थ्यो । माओवादीको सरकार आएपछि आमूल परिवर्तन हुने आश्वासन दिइयो । उनीहरूलाई कमाण्डर र कमिश्नारसहितले प्रशिक्षण दिन्थे ।
पूर्वीकमाण्डका सैन्य कमाण्डर रामबहादुर थापा बादल थिए । संखुवासभामा सैन्य प्रशिक्षण दिन मणि थापा र वर्षमान पुन आएका थिए । पाँचथरमा लिम्बूवानको भेलालाई प्रशिक्षण दिन घोडा चढेर प्रचण्ड र बाबुराम भट्टराई आएका थिए । त्यसपछि ओखलढुंगाको रुम्जाटारमा अग्नि सापकोटाले प्रशिक्षण दिए ।
पहिलो आक्रमण चैनपुर
माओवादी लडाकु बनेपछि पहिलोपटक ठूलो आक्रमणमा सहभागी हुन उनी चैनपुर गए । २४ वैशाख २०५९ मा चैनपुरस्थित सशस्त्र प्रहरीको क्याम्प हान्ने रुटको गाइडको काम उनैले जिम्मेवारी निभाए । चैनपुरको क्याम्प हान्न चार समूह तयारी थिए । एउटा समूहमा कम्तीमा १२० जनाभन्दा माथि बढी लडाकु थिए । ‘मैले मादीबाट आउने रुटको नेतृत्व गरेको थिएँ’, उनले भने, चैनपुरदेखि केही तलको वरको रूख छेउमा खाजा लुकाएका थियौँ ।’
सशस्त्र प्रहरीले चैनपुर क्याम्पमा मादीका राजन कार्कीको टोलीलाई समातेर राखेको थियो ।
उनी पार्टीका पत्रकार थिए । चैनपुर क्याम्प हानेर प्रभाव विस्तारको दाउमा थियो विद्रोही । चैनपुर क्याम्प कब्जा गर्न सके त्यो क्षेत्र नै आफ्नो नियन्त्रणमा आउने विश्वास पार्टीले गरेको थियो । ‘तर, चैनपुर क्याम्प कब्बा गर्न सकेनौँ’, उनले विगत स्मरण गरे । त्यसपछि संखुवासभाबाट ११ दिन हिँडेर दोलखा पुगे । रातदिन १८/२० घण्टा हिँड्नुपर्थ्याे । त्यसपछि उनी दोलखामै सक्रिय भए । त्यहाँ २ नम्बर कम्पनीका कमाण्डर संखुवासभाकै बाबुराम राई (विवश) थिए ।
घाइते जिन्दगी
‘म पनि त्यही कम्पनीमा परेँ । त्यसपछि २०५९ साल कात्तिकमा रौतहटको कर्मैया क्याक्प हान्ने जाने योजना बन्यो । तर, योजना चुहिएपछि सिन्धुलीको भिमान क्याम्पमा हमला भयो’, उनले सरसर्ती सुनाउँदै गए, ‘त्यहाँ २५÷२६ जना साथीहरू मारिए । त्यसपछि ओखलढुंगाको रुम्जाटार क्याम्प हानेँ । त्यहाँ म घाइते भएँ। मेरो दाहिने आँखाले नदेख्ने भयो । देब्रे आँखाको भित्रि रानी कोरिएको छ । टाउको र शरीरका विभिन्न भागमा अहिले पनि छर्रा छ । त्यहाँबाट पनि निकै समय जनसेनामै काम गरेँ । तर, आँखा नै नदेख्ने भएपछि ठूलो समस्या भयो । काम गर्नै नसकेपछि जिल्ला फर्किएँ । २०६१ देखि जिल्ला कमिटीमा आबद्ध भएर राजनीतिक काम थालेँ । जिल्लामा एरिया सेक्रेटरी (तत्कालीन दुई÷तीन गाविस प्रमुख) भएर बसेँ । शान्तिप्रक्रियापछि नेकपा माओवादी छाडेर मोहन वैद्य किरण समूहमा पुगेँ । जिल्लाबाट वैद्यका साथीहरू नेत्रविक्रम चन्द विप्लवतिर जाँदा पनि एक्लै रुँघेर बसेँ । वैद्यले पुनः चुनावमा जाने बताएपछि चित्त नबुझेर पहिले पुनः नेकपा माओवादी पार्टीमै फर्किएँ ।’ अहिले उनी माओवादी कन्द्रे संखुवासभाको सचिवालय सदस्य छन् ।
मर्ने डर लागेन
जनयुद्धका क्रममा सेना प्रहरीको क्याम्प हान्ने भन्ने पूर्वयोजना बनाइन्थ्यो । कमाण्डरहरूले राम्ररी सम्झाएर प्रशिक्षण दिन्थे । राजनीतिक सेना भएकाले मर्ने र मार्ने भन्ने डर हुन्नथ्यो । कहिल्यै मर्न डर लागेन । क्याम्प हान्न जाने दिन साथीभाइबीच नाचगान र अरू रमाइलो गरिने उनले सुनाए । लडाइँमा जानुअगाडि आफ्नो सन्देश रेकर्डिङ गरिन्थ्यो । बाँचे भेटौँला मरे मेरो सन्देश घर पुर्याइदिनु भन्ने हुन्थ्यो त्यो रेकर्डमा । यदि मरिहाले उक्त रेकर्ड सन्देश उसको घरमा पुर्याउने गरिन्थ्यो । लडाइँमा औषधि खाएर जान्छन् भन्ने सुनिन्थ्यो । उनी भन्छन्, ‘तर त्यो सत्य होइन। लडाइँमा जाँदा कहिल्यै औषधि खाएनौँ । घाउचोट लाग्यो भने रगत रोकिने औषधि खान्थ्यौं ।
जहाँ मरेर बाँचे
राजेन्द्रकुमार किराती (प्रवेश) जी कमिसार हुनुहुन्थ्यो । म एचक्ययु सेक्सन कमाण्डर (जासुस–इन्टेलीजेन्ट) थिएँ । पाँचथरको गोपेटारको अप्ठ्यारो गौंडामा एम्बुस राख्ने योजना भयो । म एउटा आँखा देख्दिनँ थिएँ । एउटा आँखा अलिअलि देख्थेँ । मलाई सेना आउँछ कि भनेर हेर्ने र खबर गर्ने जिम्मा थियो । केही परबाट खुट्टा बजेको संकेत पाएँ ।
यता साथीलाई खबर गरेँ । तीन/चार घण्टामा पनि एम्बुस गाडेर सक्नुभएन । म राइफल ताक्दै ब्याक सर्दै थिएँ । म भीरको डिलमा आइपुगिसकेछु । सेनाले एक्कासि फाइरिङ गर्यो । मैले पनि फाइरिङ गरे । तर, तीन राउण्ड हान्नेबित्तिकै राइफल जाम भयो । उता, सेनाको एकजनालाई गोली लागेछ र अलमलियो । म पनि लुकेँ । यता, साथी भागे । म भागेर साथीहरूले दिएको संकेत ठाउँमा धेरै समयपछि पुगे । भित्र साथी राइफल पनि गुम्यो, मान्छे पनि मर्याे भनेर गफ गरिरहेको सुनेँ । सबैले मलाई मर्याे भनेर माया मारेका थिए तर जिउँदै पुगेँ ।
गोपेटार आक्रमण
पाँचथरको भोटेगाउँ भन्ने ठाउँमा बिहान तालिम गर्दै थियौँ । विद्यालय गहिरो र एकान्त ठाउँमा थियो । केही तल सेना आएको खबर पाइयो । म जासुस थिए । म हेर्दै गए । सेनाको टोली खाना पकाउँदै रहेछ । माथिबाट राइफल पडकाउनुप¥यो भनेर एक्लै गएको थिए । तर, मलाई नै सेनाले घेरा हालिसकेको रहेछ । त्यहाँ फाइरिङ भयो । म भागे । मलाई साथीहरूको सम्पर्क पुग्न दुई दिन लाग्यो । साथीहरूले फाइरिङमा मर्याे भन्ने सोचेछन् । म जिउँदै साथीहरूको सम्पर्कमा पुगे । ओखलढुंगाको रुम्जाटारमा घाइते भएर फर्किँदा खोटाङको बाक्सिलास्थितमा हेल्थपोष्टमा गए । फर्केर बजारमा खाना खान लाग्दै थिए । बजारमा फायरिङ भयो । साथीहरूले मलाई मर्याे भन्ने सोचेछन् ।
म ब्याक भएर रुम्जाटार नै फर्किए । त्यहाँ सेनाले स्थानीय दुईजनालाई मारेछन् । म साथीहरूको सम्पर्कमा पुगे । रुम्जाटार घटनामा घाइते भएपछि एउटा आँखाले नदेख्ने भयो । अर्कोले अलिअलि देखिन्थ्यो । आँखाले अत्यन्तै पीडा दियो । यति धेरै दुख्ने कि भनेर साध्य छैन। पार्टी नेताले बेवास्ता गरेको उनी सुनाउँछन् । म सामान्य पार्टी सदस्य मात्रै थिएँ। अहिले बुझ्दा त्यहाँ पनि चाकडी चल्दोरहेछ, उनले सुनाए पदम राई र राजेन्द्र कार्की लगायतका नेतालाई धेरैपटक भने । पठाउन अप्ठेरो छ मात्रै भन्नुभयो तर पठाउनुभएन ।
आँखा दुखेर अन्यन्तै पीडा भएपछि पार्टी छोडेर घरको पाखोबारी बेचेर उपचार गर्छु भनेर आउन लागेको थिए । कमाण्डर हुनुहुन्थ्यो सिन्धुलीका प्रवीन लामा। उनले भारतमा उपचारका लागि पठाए । डाक्टरले रोग नै पत्ता लगाउन सकेनन् । आँखामा किरा परेको भन्दै औषधि दिन थाल्यो । मेरो आँखाभित्र छर्रा थियो । आँखा झन् नदेख्ने भए । त्यसपछि नेपाल फर्किए । त्यसपछि फेरि उपचारको लागि काठमाडौंको तिलगंगा आँखा अस्पतालमा पठाए, उनले थपे, डाक्टरले आँखामा छर्रा भएको पत्ता लगाए । सबै भिडियो गरेर प्रहरीलाई जिम्मा लगाउने भने सुने । डाक्टरलाई बोलाएर पार्टीले पठाएको हो उपचारका लागि प्रहरीलाई भने राम्रो हुँदैन भनेपछि डाक्टरले भनेनन् । उपचार गरेर फर्किएँ ।
राहत सुविधामा समेत विभेद
शान्ति प्रक्रियापछि खुला राजनीतिमा लागे उनी । सशस्त्र युद्धका घाइते अपांगता भएकाहरूलाई नेपाल सरकारबाट २०६५ सालताका एकपटक एक लाख रुपैयाँको प्याकेज पाए । गतवर्षदेखि बालबालिकालाई छात्रवृत्तिका लागि जिल्ला शिक्षा कार्यालयमा पेस गरेका थिए । तर, अहिलेसम्म अत्तोपत्तो छैन । गत वर्ष नै स्थानीय शान्ति समितिको सिफारिसमा निःशुल्क स्वास्थ्य चेकजाँचका लागि बिपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गएर चेक जाँच गरे । त्योबाहेक अरू केही पाएको छैन । मभन्दा सामान्य घाइते साथीले पनि सहयोगीसहितका मासिक जीवन निर्वाह भत्ता पाइरहेका छन्’, उनले भने, ‘मैले नेताको चाकडी नै नगरेकोले नै यस्तो भयो ।’
राजनीतिले पीडा
सर्वहारा वर्गको मुक्तिको लागि भनेर जीवन सुम्पिएँ । पार्टीभित्र पूर्ण कार्यकर्ता बनेर बस्दा कुनै अछुतो लागेन । जब शान्त्रि प्रक्रियापछि पार्टी खुुला राजनीतिमा आयो । त्यसपछि पीडामाथि पीडा मात्रै थियो । २०६४ सालमा पार्टीले सरकारको नेतृत्व गरेपछि ठूलो आशा थियो । जनयुद्धका घाइते अपांगता भएकालाई उचित व्यवस्थापन गर्नुपर्छ भनेर पटकपटक सिंहदरबार धाए । केही सुनुवाइ भएन । अहिले घाइते जीवन जीउन बाध्य भएको छु । राजनीतिले पीडा मात्रै दिएको अनुभूति हुन्छ, उनी भन्छन्, पार्टीले हामी जस्ता सोझा कार्यकर्ता प्रयोग मात्रै गरेछ जस्तो लाग्छ ।
प्रकाशित मिति: आइतबार, मंसिर ५, २०७८
१९:३७
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
नंः १
आन्तरिक श्रोतको आयमा ललितपुर महानगरको उल्लेखनीय प्रगति
नंः २
ललितपुर महानगर बन्यो ‘संगीतको सिर्जनात्मक शहर’
नंः ३
अब १० लाखसम्मको औषधि खरिदमा पनि अनिवार्य बोलपत्र
नंः ४
कागेश्वरी मनोहराका नगर प्रमुख कार्की परिषद् सदस्य निर्वाचित
नंः ५
रोल्वालिङ हिमपहिरोमा तीनजनाको मृत्यु
विशेष
दुई युवाले चिरे ईभी गाडीहरु छोटो दूरीको लागि मात्र हो भन्ने मान्यता
सोमबार, असार ९, २०८२
अन्तर्वार्ता
दशैंमा नेवार समूदायले रातो र कालो टीका दुवै लगाउँछन्
मंगलबार, असोज १४, २०८२
दशैंमा बलि : आठ प्रकारको परम्परा, दुई किसिमका खुम्चियो
मंगलबार, असोज १४, २०८२
महाअष्टमी पर्व : असत्यमाथि सत्यको विजय भएको प्रतिक
मंगलबार, असोज १४, २०८२
रेमिट्यान्सले मात्र देश चल्दैन, उत्पादन र रोजगारी सिर्जना गर्नुपर्छ : रघुनन्दन मारु
बिहीबार, असोज ९, २०८२
जेनजी पुस्ताले आमूल परिवर्तन गरिदिए, यसलाई सकरात्मक रुपमा लिनुपर्छ : अर्थविद्के शव आचार्य
शुक्रबार, असोज ३, २०८२
संविधान कार्यान्वयन नभएकै कारण विद्रोह भयो : नारायण पौडेल
शुक्रबार, असोज ३, २०८२
जीवनशैली
चीनले विकास गर्यो विश्वकै सबैभन्दा ठूलो नवीकरणीय ऊर्जा प्रणाली
बिहीबार, कात्तिक २०, २०८२
शिल्पा शेट्टी : फिटनेस आइकन
शनिबार, कात्तिक १५, २०८२
कसरी मनाउँछन् पशुअधिकारकर्मीले दशैं ?
मंगलबार, असोज १४, २०८२
दशैंमा मासु : सन्तुलन नमिल्दा मृत्युसम्म हुनसक्छ
मंगलबार, असोज १४, २०८२
चाडपर्वमा कस्ता खानेकुरा खाने ?
सोमबार, असोज १३, २०८२
उच्च रक्तचाप र मधुमेहले बिर्सने रोग निम्त्याउँछ
शनिबार, असोज ११, २०८२
शिक्षा
आजदेखि काठमाडौं महानगरका विद्यालय खुल्ने
आइतबार, भदौ २९, २०८२
आजदेखि अष्ट्रेलियन एजुकेशन फेयर २०२५ सुरु, ५ दिनसम्म चल्ने
मंगलबार, साउन २७, २०८२
नेपालमा उच्च शिक्षाको पुनर्जागरण : एक समयसापेक्ष आवश्यकता
बुधबार, साउन २१, २०८२
कानुनी दबाबले निजी विद्यालय र विद्यार्थीको भविष्य अन्योलमा पर्न सक्ने चिन्ता
शुक्रबार, साउन १६, २०८२
नेपाल संस्कृत विश्वविद्यालयको सिनेटले स्वीकृत गर्यो एक अर्ब ३१ करोडको बजेट
बुधबार, असार ३२, २०८२
लुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औँ सभाले स्वीकृत गर्यो ४९ करोड ५९ लाख बजेट
बुधबार, असार ३२, २०८२
पूर्वाञ्चल विश्वविद्यालय सभाले स्वीकृत गर्यो एक अर्ब ७० करोड बजेट
मंगलबार, असार ३१, २०८२
सुदूरपश्चिम विश्वविद्यालयको सिनेटले स्वीकृत गर्यो एक अर्ब ५४ करोड बजेट
मंगलबार, असार ३१, २०८२
समाचार
नेपाल–भारत सीमा क्षेत्र सुनसान, आवागमनका लागि परिचयपत्र अनिवार्य
आइतबार, कात्तिक २३, २०८२
विमानस्थलको धावनमार्गमा बिजुली सर्ट भएपछि उडान स्थगित
शनिबार, कात्तिक २२, २०८२
बागमती प्रदेशमा लाइसेन्स छपाइ रोकिँदै, सुरक्षण मुद्रण विभागको अनुमति नआउँदा हजारौं सेवाग्राही पर्खाइमा
शुक्रबार, कात्तिक २१, २०८२
३० लाख चालक लाइसेन्स नपाएर कागज बोकेर हिन्न बाध्य छन् : मन्त्री खरेल
शुक्रबार, कात्तिक २१, २०८२
ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, अर्का एक घाइते
शुक्रबार, कात्तिक २१, २०८२
थप समाचार
इलाम राजदूवालीमा ‘अद्भूत घट्ना’ ‘शिला’ हेर्नकै लागि मानिसहरू ओइरिए
आइतबार, मंसिर ५, २०७८
साढे तीन सय वर्ष पुरानो श्री चन्द्रविनायक तथा श्री भैरवनाथ जात्रा
आइतबार, मंसिर ५, २०७८
सुदूरपश्चिममा पहिलोपटक ११ करोड दीप प्रज्वलन
आइतबार, मंसिर ५, २०७८
सर्लाहीमा मतदाता नामावली दर्ता अभियानमा २३ सय भन्दा बढी नयाँ मतदाता दर्ता
आइतबार, मंसिर ५, २०७८
Subscribe Newsletter
×