राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
धर्म/संस्कृति
थप
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
गृहपृष्ठ
राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
थप
धर्म/संस्कृति
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
सोसल मिडिया
Contact Us
युनिकोड
Weather Update
राजनीति
लाहुरे बन्न खोज्दा छापामार बनेका खगेन्द्र
लाहुरे बन्न खोज्दा छापामार बनेका खगेन्द्र
भविन कार्की
आइतबार, मंसिर ५, २०७८
आइतबार, मंसिर ५, २०७८
संखुवासभा, ५ मंसिर : खगेन्द्र अधिकारी (भूमि) २०३७ साल वैशाखमा संखुवासभाको चैनपुर नगरपालिका–२ तिखेढुंगामा जन्मिएका हुन् । देश परिवर्तन गर्ने उत्साह बोकेर छापामार बनेका खगेन्द्रले थुप्रै आरोहअवरोह पार गरेको बताउँछन् । मुलुक परिवर्तन गर्ने सोचसहित माओवादी युद्धमा होमिएका उनी अहिले त्यही राजनीतिले दिएको चोट र पीडा बोकेर बाँचेका छन् ।
अधिकारी लाहुरे बन्न खोज्दा छापामार भएका बताउँछन् । कक्षा ८ पास गरेपछि अधिकारीलाई प्रहरी–सेनामा जाने सोच पलायो । सानैदेखि बन्दुकसहित युनिफर्ममा हिँडेको देख्दा लोभिन्थे । एकदिन सेना बन्छु भन्ने लाग्थ्यो रे खगेन्द्रलाई । उनले कक्षा ८ पास गर्नेबित्तिकै नागरिकता बनाइसकेका थिए । २०५६ सालमा शारदा माविमा कक्षा ९ मा पढ्दै थिए ।
गाउँघरमा भुसको आगो जस्तै माओवादीको चर्चा हुन थालेको थियो । पारिगाउँका बद्रिहाङ लिम्बू गाउँमा आए । उनले माओवादीबारे बताए । माओवादीमा प्रवेश गरे सेना हुन पाउने भनेर फकाए । उनले खोजेको त्यही थियो । प्रफुल्ल भए । अनि गाउँस्तरका माओवादी कार्यकर्ता बने । त्यसपछि उनी गाउँका नेता नै भए ।
गाउँमा हुने विवाद र अन्यायविरुद्ध उनी सक्रिय भए । सामाजिक विकासका काममा पनि अगुवाइ गर्न थाले । बद्रीहाङ लिम्बूको प्रेरणाबाट उनी माओवादी बने । बद्रीहाङसहितका अरू नेता आउनेजाने क्रम बढ्न थाल्यो । २०५७ सालमा बिमल नामका कार्यकर्ता सिन्धुपाल्चोकबाट आए । उनलाई जिल्लाबारे जानकारी दिने र बाटो देखाउन थाले । अनि विजय साम्पाङ र पदम राई विकास (पूर्वराज्यमन्त्री) का टोली आउन थाले । भेटघाट बाक्लिँदै गयो ।
२०५७ सालतिर सिद्धकालीमै रातिराति गाउँका युवा जम्मा गरेर तालिम गराउन थाले । त्यसपछि पढाइ छोडे । त्यतिबेलासम्म होलटाइमर माओवादी बनिसकेका थिए । अधिकारीले २०५८ सालमा महिमका धनाढ्यको धन्सार फोडेर धान, मकै र कोदो किसानलाई बाँडिदिएको उनी सुनाउँछन् । ‘त्यसपछि पूर्णरूपमा घर छाडेर हिँडेँ । काकाको छोरा र मसँगै हिँडेका थियौँ । पछि ऊ सोलखम्बुको भिडन्तबाट बेपत्ता भयो, अहिलेसम्म अत्तोपत्तो छैन’, उनी भन्छन् ।
माओवादी राजनीतिक सेना
माओवादी सेना सर्वहारा वर्गको मुक्तिका लागि लड्ने राजनीतिक सेना भनेर प्रशिक्षण दिइन्थ्यो । उनी ठिकै मान्थे । गाउँघरमा धनी–गरिबको विभेद, जातीय विभेद, धार्मिक विभेद र साहु महाजनले गर्ने विभेदबारे तालिममा सिकाइन्थ्यो । माओवादीको सरकार आएपछि आमूल परिवर्तन हुने आश्वासन दिइयो । उनीहरूलाई कमाण्डर र कमिश्नारसहितले प्रशिक्षण दिन्थे ।
पूर्वीकमाण्डका सैन्य कमाण्डर रामबहादुर थापा बादल थिए । संखुवासभामा सैन्य प्रशिक्षण दिन मणि थापा र वर्षमान पुन आएका थिए । पाँचथरमा लिम्बूवानको भेलालाई प्रशिक्षण दिन घोडा चढेर प्रचण्ड र बाबुराम भट्टराई आएका थिए । त्यसपछि ओखलढुंगाको रुम्जाटारमा अग्नि सापकोटाले प्रशिक्षण दिए ।
पहिलो आक्रमण चैनपुर
माओवादी लडाकु बनेपछि पहिलोपटक ठूलो आक्रमणमा सहभागी हुन उनी चैनपुर गए । २४ वैशाख २०५९ मा चैनपुरस्थित सशस्त्र प्रहरीको क्याम्प हान्ने रुटको गाइडको काम उनैले जिम्मेवारी निभाए । चैनपुरको क्याम्प हान्न चार समूह तयारी थिए । एउटा समूहमा कम्तीमा १२० जनाभन्दा माथि बढी लडाकु थिए । ‘मैले मादीबाट आउने रुटको नेतृत्व गरेको थिएँ’, उनले भने, चैनपुरदेखि केही तलको वरको रूख छेउमा खाजा लुकाएका थियौँ ।’
सशस्त्र प्रहरीले चैनपुर क्याम्पमा मादीका राजन कार्कीको टोलीलाई समातेर राखेको थियो ।
उनी पार्टीका पत्रकार थिए । चैनपुर क्याम्प हानेर प्रभाव विस्तारको दाउमा थियो विद्रोही । चैनपुर क्याम्प कब्जा गर्न सके त्यो क्षेत्र नै आफ्नो नियन्त्रणमा आउने विश्वास पार्टीले गरेको थियो । ‘तर, चैनपुर क्याम्प कब्बा गर्न सकेनौँ’, उनले विगत स्मरण गरे । त्यसपछि संखुवासभाबाट ११ दिन हिँडेर दोलखा पुगे । रातदिन १८/२० घण्टा हिँड्नुपर्थ्याे । त्यसपछि उनी दोलखामै सक्रिय भए । त्यहाँ २ नम्बर कम्पनीका कमाण्डर संखुवासभाकै बाबुराम राई (विवश) थिए ।
घाइते जिन्दगी
‘म पनि त्यही कम्पनीमा परेँ । त्यसपछि २०५९ साल कात्तिकमा रौतहटको कर्मैया क्याक्प हान्ने जाने योजना बन्यो । तर, योजना चुहिएपछि सिन्धुलीको भिमान क्याम्पमा हमला भयो’, उनले सरसर्ती सुनाउँदै गए, ‘त्यहाँ २५÷२६ जना साथीहरू मारिए । त्यसपछि ओखलढुंगाको रुम्जाटार क्याम्प हानेँ । त्यहाँ म घाइते भएँ। मेरो दाहिने आँखाले नदेख्ने भयो । देब्रे आँखाको भित्रि रानी कोरिएको छ । टाउको र शरीरका विभिन्न भागमा अहिले पनि छर्रा छ । त्यहाँबाट पनि निकै समय जनसेनामै काम गरेँ । तर, आँखा नै नदेख्ने भएपछि ठूलो समस्या भयो । काम गर्नै नसकेपछि जिल्ला फर्किएँ । २०६१ देखि जिल्ला कमिटीमा आबद्ध भएर राजनीतिक काम थालेँ । जिल्लामा एरिया सेक्रेटरी (तत्कालीन दुई÷तीन गाविस प्रमुख) भएर बसेँ । शान्तिप्रक्रियापछि नेकपा माओवादी छाडेर मोहन वैद्य किरण समूहमा पुगेँ । जिल्लाबाट वैद्यका साथीहरू नेत्रविक्रम चन्द विप्लवतिर जाँदा पनि एक्लै रुँघेर बसेँ । वैद्यले पुनः चुनावमा जाने बताएपछि चित्त नबुझेर पहिले पुनः नेकपा माओवादी पार्टीमै फर्किएँ ।’ अहिले उनी माओवादी कन्द्रे संखुवासभाको सचिवालय सदस्य छन् ।
मर्ने डर लागेन
जनयुद्धका क्रममा सेना प्रहरीको क्याम्प हान्ने भन्ने पूर्वयोजना बनाइन्थ्यो । कमाण्डरहरूले राम्ररी सम्झाएर प्रशिक्षण दिन्थे । राजनीतिक सेना भएकाले मर्ने र मार्ने भन्ने डर हुन्नथ्यो । कहिल्यै मर्न डर लागेन । क्याम्प हान्न जाने दिन साथीभाइबीच नाचगान र अरू रमाइलो गरिने उनले सुनाए । लडाइँमा जानुअगाडि आफ्नो सन्देश रेकर्डिङ गरिन्थ्यो । बाँचे भेटौँला मरे मेरो सन्देश घर पुर्याइदिनु भन्ने हुन्थ्यो त्यो रेकर्डमा । यदि मरिहाले उक्त रेकर्ड सन्देश उसको घरमा पुर्याउने गरिन्थ्यो । लडाइँमा औषधि खाएर जान्छन् भन्ने सुनिन्थ्यो । उनी भन्छन्, ‘तर त्यो सत्य होइन। लडाइँमा जाँदा कहिल्यै औषधि खाएनौँ । घाउचोट लाग्यो भने रगत रोकिने औषधि खान्थ्यौं ।
जहाँ मरेर बाँचे
राजेन्द्रकुमार किराती (प्रवेश) जी कमिसार हुनुहुन्थ्यो । म एचक्ययु सेक्सन कमाण्डर (जासुस–इन्टेलीजेन्ट) थिएँ । पाँचथरको गोपेटारको अप्ठ्यारो गौंडामा एम्बुस राख्ने योजना भयो । म एउटा आँखा देख्दिनँ थिएँ । एउटा आँखा अलिअलि देख्थेँ । मलाई सेना आउँछ कि भनेर हेर्ने र खबर गर्ने जिम्मा थियो । केही परबाट खुट्टा बजेको संकेत पाएँ ।
यता साथीलाई खबर गरेँ । तीन/चार घण्टामा पनि एम्बुस गाडेर सक्नुभएन । म राइफल ताक्दै ब्याक सर्दै थिएँ । म भीरको डिलमा आइपुगिसकेछु । सेनाले एक्कासि फाइरिङ गर्यो । मैले पनि फाइरिङ गरे । तर, तीन राउण्ड हान्नेबित्तिकै राइफल जाम भयो । उता, सेनाको एकजनालाई गोली लागेछ र अलमलियो । म पनि लुकेँ । यता, साथी भागे । म भागेर साथीहरूले दिएको संकेत ठाउँमा धेरै समयपछि पुगे । भित्र साथी राइफल पनि गुम्यो, मान्छे पनि मर्याे भनेर गफ गरिरहेको सुनेँ । सबैले मलाई मर्याे भनेर माया मारेका थिए तर जिउँदै पुगेँ ।
गोपेटार आक्रमण
पाँचथरको भोटेगाउँ भन्ने ठाउँमा बिहान तालिम गर्दै थियौँ । विद्यालय गहिरो र एकान्त ठाउँमा थियो । केही तल सेना आएको खबर पाइयो । म जासुस थिए । म हेर्दै गए । सेनाको टोली खाना पकाउँदै रहेछ । माथिबाट राइफल पडकाउनुप¥यो भनेर एक्लै गएको थिए । तर, मलाई नै सेनाले घेरा हालिसकेको रहेछ । त्यहाँ फाइरिङ भयो । म भागे । मलाई साथीहरूको सम्पर्क पुग्न दुई दिन लाग्यो । साथीहरूले फाइरिङमा मर्याे भन्ने सोचेछन् । म जिउँदै साथीहरूको सम्पर्कमा पुगे । ओखलढुंगाको रुम्जाटारमा घाइते भएर फर्किँदा खोटाङको बाक्सिलास्थितमा हेल्थपोष्टमा गए । फर्केर बजारमा खाना खान लाग्दै थिए । बजारमा फायरिङ भयो । साथीहरूले मलाई मर्याे भन्ने सोचेछन् ।
म ब्याक भएर रुम्जाटार नै फर्किए । त्यहाँ सेनाले स्थानीय दुईजनालाई मारेछन् । म साथीहरूको सम्पर्कमा पुगे । रुम्जाटार घटनामा घाइते भएपछि एउटा आँखाले नदेख्ने भयो । अर्कोले अलिअलि देखिन्थ्यो । आँखाले अत्यन्तै पीडा दियो । यति धेरै दुख्ने कि भनेर साध्य छैन। पार्टी नेताले बेवास्ता गरेको उनी सुनाउँछन् । म सामान्य पार्टी सदस्य मात्रै थिएँ। अहिले बुझ्दा त्यहाँ पनि चाकडी चल्दोरहेछ, उनले सुनाए पदम राई र राजेन्द्र कार्की लगायतका नेतालाई धेरैपटक भने । पठाउन अप्ठेरो छ मात्रै भन्नुभयो तर पठाउनुभएन ।
आँखा दुखेर अन्यन्तै पीडा भएपछि पार्टी छोडेर घरको पाखोबारी बेचेर उपचार गर्छु भनेर आउन लागेको थिए । कमाण्डर हुनुहुन्थ्यो सिन्धुलीका प्रवीन लामा। उनले भारतमा उपचारका लागि पठाए । डाक्टरले रोग नै पत्ता लगाउन सकेनन् । आँखामा किरा परेको भन्दै औषधि दिन थाल्यो । मेरो आँखाभित्र छर्रा थियो । आँखा झन् नदेख्ने भए । त्यसपछि नेपाल फर्किए । त्यसपछि फेरि उपचारको लागि काठमाडौंको तिलगंगा आँखा अस्पतालमा पठाए, उनले थपे, डाक्टरले आँखामा छर्रा भएको पत्ता लगाए । सबै भिडियो गरेर प्रहरीलाई जिम्मा लगाउने भने सुने । डाक्टरलाई बोलाएर पार्टीले पठाएको हो उपचारका लागि प्रहरीलाई भने राम्रो हुँदैन भनेपछि डाक्टरले भनेनन् । उपचार गरेर फर्किएँ ।
राहत सुविधामा समेत विभेद
शान्ति प्रक्रियापछि खुला राजनीतिमा लागे उनी । सशस्त्र युद्धका घाइते अपांगता भएकाहरूलाई नेपाल सरकारबाट २०६५ सालताका एकपटक एक लाख रुपैयाँको प्याकेज पाए । गतवर्षदेखि बालबालिकालाई छात्रवृत्तिका लागि जिल्ला शिक्षा कार्यालयमा पेस गरेका थिए । तर, अहिलेसम्म अत्तोपत्तो छैन । गत वर्ष नै स्थानीय शान्ति समितिको सिफारिसमा निःशुल्क स्वास्थ्य चेकजाँचका लागि बिपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गएर चेक जाँच गरे । त्योबाहेक अरू केही पाएको छैन । मभन्दा सामान्य घाइते साथीले पनि सहयोगीसहितका मासिक जीवन निर्वाह भत्ता पाइरहेका छन्’, उनले भने, ‘मैले नेताको चाकडी नै नगरेकोले नै यस्तो भयो ।’
राजनीतिले पीडा
सर्वहारा वर्गको मुक्तिको लागि भनेर जीवन सुम्पिएँ । पार्टीभित्र पूर्ण कार्यकर्ता बनेर बस्दा कुनै अछुतो लागेन । जब शान्त्रि प्रक्रियापछि पार्टी खुुला राजनीतिमा आयो । त्यसपछि पीडामाथि पीडा मात्रै थियो । २०६४ सालमा पार्टीले सरकारको नेतृत्व गरेपछि ठूलो आशा थियो । जनयुद्धका घाइते अपांगता भएकालाई उचित व्यवस्थापन गर्नुपर्छ भनेर पटकपटक सिंहदरबार धाए । केही सुनुवाइ भएन । अहिले घाइते जीवन जीउन बाध्य भएको छु । राजनीतिले पीडा मात्रै दिएको अनुभूति हुन्छ, उनी भन्छन्, पार्टीले हामी जस्ता सोझा कार्यकर्ता प्रयोग मात्रै गरेछ जस्तो लाग्छ ।
प्रकाशित मिति: आइतबार, मंसिर ५, २०७८
१९:३७
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
नंः १
आर्थिक वर्ष २०८३-८४ को बजेट सार्वजनिक (पूर्णपाठसहित)
नंः २
वडावासीको स्वास्थ्य जाँचका लागि लपुमनपा–२३ धापाखेलमा परामर्श सेवासहितको स्वास्थ्य शिविर सम्पन्न
नंः ३
तर अझै किन फर्किएन बजारको आत्मविश्वास ?
नंः ४
बारा बैठकमा सामान्य विवाद भएको हो, लखेटिएको होइन् : सांसद अन्सारी
नंः ५
किष्ट प्रत्यारोपण केन्द्रद्वारा २०० भन्दा बढी अंगदातालाई सम्मान
विशेष
दुई युवाले चिरे ईभी गाडीहरु छोटो दूरीको लागि मात्र हो भन्ने मान्यता
सोमबार, असार ९, २०८२
अन्तर्वार्ता
बीमा दुरुपयोग रोक्न स्वतन्त्र क्लेम जाँच इकाइ अनिवार्य :डा. शम्भुप्रसाद आचार्य
शुक्रबार, फागुन ८, २०८२
चुनावपछि ठूला दलहरूबीच सहमति गरेर १० वर्षे दीर्घकालीन आर्थिक सुधार कार्यक्रम ल्याउनुपर्छ : हेमराज ढकाल
बुधबार, माघ २८, २०८२
वैकल्पिक भनिएका शक्तिहरुको शिर–पुच्छर छैन, प्रतिस्पर्धा पूरानै दलसँग हुन्छ : डा.प्रकाश शरण महत
मंगलबार, माघ २७, २०८२
कम्युनिस्ट एकताको अभ्यास ‘चुनाव जित्न मान्छे थुपार्ने’ माध्यम मात्र हो : विप्लव
बिहीबार, माघ २२, २०८२
देशलाई निकासा दिने हो भने चुनाव बाहेक अरु विकल्प छैन : अष्टलक्ष्मी शाक्य
बिहीबार, माघ २२, २०८२
नयाँ पुस्ताले श्रीस्वस्थानी कथा सुन्ने मात्र नभइ अर्थ खोज्न थालेका छन : ज्योतिष तारा लोचन न्यौपाने
आइतबार, माघ १८, २०८२
जीवनशैली
तोरीबारीमा बसेर डिनर खाने पर्यटकीय गन्तब्य बन्दै चीन
बुधबार, चैत ११, २०८२
एक्लोपनले होइन, सम्बन्धले दिन्छ दीर्घकालीन खुसी : डा. समीम अख्तर
शुक्रबार, चैत ६, २०८२
बुढ्यौलीमा स्मरणशक्ति कमजोर किन हुन्छ ?
शनिबार, माघ ३, २०८२
शनिवार ‘सगून ज्वेलर्स प्रेजेन्ट्स मिसेस भोग नेपाल–२०२५’को अडिसन
शुक्रबार, पुस ११, २०८२
पाँच महिनामा नेपालीले प्रयोग गरे १९ अर्ब रुपैयाँ भन्दा धेरैको स्मार्टफोन
मंगलबार, पुस ८, २०८२
अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस नेपालमा पनि मनाइँदै
मंगलबार, मंसिर ९, २०८२
शिक्षा
मेघा कलेजमा अन्तर्राष्ट्रिय सम्मेलन, शैक्षिक अनुसन्धानले अर्थतन्त्रमा सहयोग पुग्ने विश्वास
शुक्रबार, जेठ १, २०८३
शिक्षामा लगानीका लागि सरोकारवालासँग संवाद, शैक्षिक सुधारमा जोड
आइतबार, वैशाख १३, २०८३
शैक्षिक सत्र २०८३ सुरु हुँदै, जनक शिक्षाद्वारा देशभर पाठ्यपुस्तक वितरण तीव्र
शुक्रबार, वैशाख ४, २०८३
धनुषामा व्यवस्थित र शान्तिपूर्ण वातावरणमा एसइई परीक्षा
बिहीबार, चैत १९, २०८२
सुरु भयो एसइई : कोशी प्रदेशमा कस्तो छ व्यवस्थापन ?
बिहीबार, चैत १९, २०८२
कर्णालीमा ३८ हजार बढी परीक्षार्थीले दिए आजदेखि एसइई परीक्षा
बिहीबार, चैत १९, २०८२
आजदेखि सुरु भएको एसइइ परीक्षामा ५ लाख भन्दा बढी विद्यार्थि सहभागी
बिहीबार, चैत १९, २०८२
प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स बन्द गराउने सरकारको निर्णय
आइतबार, चैत १५, २०८२
समाचार
बाजुरामा भारी वर्षा, विभिन्न ठाउँमा क्षति
शनिबार, जेठ १६, २०८३
कसरी चर्चामा आयो डोनाल्ड ट्रम्प भैंसी ?
शुक्रबार, जेठ १५, २०८३
मन्त्रिपरिषद् बैठक बस्दै, आगामी आ.व. को बजेट पार गर्ने कार्यसूची
शुक्रबार, जेठ १५, २०८३
डिशहोमको ब्रान्ड एम्बासडरमा अभिनेत्री दिब्या रायमाझीको निरन्तरता
शुक्रबार, जेठ १५, २०८३
बाढीले क्षति पुर्याएको बीपी राजमार्ग पुनर्निर्माण तीव्र
बिहीबार, जेठ १४, २०८३
थप समाचार
राष्ट्रिय महिला अधिकार दिवस मनाईदै
आइतबार, मंसिर ५, २०७८
महिलामाथि हुने विभेद र हिंसाको अन्त्य गर्न सबैको सक्रिय भूमिका आवश्यक : राष्ट्रपति
आइतबार, मंसिर ५, २०७८
गणतन्त्रको नारा केवल शासन पद्धति परिवर्तनका लागि मात्र थिएन : महेश नेपाली
आइतबार, मंसिर ५, २०७८
कर्णालीमा २१ प्रतिशत बालविवाह, कानुन कार्यान्वयन कमजोर
आइतबार, मंसिर ५, २०७८
Subscribe Newsletter
×