भारतका ४७ जिल्ला कोरोना मुक्त

छोटो समयमा धेरैलाई खोप दिनेमा भारत अग्रपङ्क्तिमा
शुक्रबार, माघ २३, २०७७

नयाँदिल्ली । भारतका ४७ जिल्ला कोरोना सङ्क्रमणमुक्त भएका छन् । ती जिल्लामा पछिल्लो तीन हप्तादेखि नयाँ सङ्क्रमित नभेटिएको अधिकारीहरूले जानकारी दिए । उनीहरूका अनुसार २५१ जिल्लामा तीन हप्तादेखि कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । केन्द्रीय स्वास्थ्य मन्त्रालयले देशभरी कूल नयाँ सङ्क्रमितको सङ्ख्या दिनप्रति दिन घट्दै गइरहेको पनि जनाएको छ ।  स्वास्थ्य सचिव राजेश भूषणले देशभरी एक लाख ६० हजार मात्रै सक्रिय सङ्क्रमितहरू रहेको जानकारी दिए । कुल सङ्क्रमितमध्ये करिब ७० प्रतिशत सङ्क्रमित केरला र महाराष्ट्रमा मात्रै छन् । सङ्क्रमणमुक्त हुने दर ९७ प्रतिशतभन्दा बढी रहेको छ भने कोरोनाका कारण मृत्यु भएकाहरूको सङ्ख्या दिन दिनै घट्दै गएको छ ।   भारतमा अहिलेसम्म ४५ लाख ९३ हजार ४२७ जनालाई कोरोनाविरुद्धको खोप दिइसकिएको छ । विश्वमा ४० लाखभन्दा बढीलाई कोरोनाविरुद्धको खोप १८ दिनभन्दा छोटो समयमा दिइएको छ । यसरी छोटो समयमा धेरै सङ्ख्यालाई खोप दिनेमा भारत विश्वकै अग्रपङ्क्तिमा रहेको मुलुक पर्दछ । भारतमा अग्रपङ्क्तिमा रहेर काम गर्ने र उच्च जोखिममा पर्ने भएकाले प्राथमिकतामा परेका समूहहरूलाई कोरोनाको खोप दिने क्रम तीव्ररूपमा चलिरहेको छ ।–एएनआई
 

प्रकाशित मिति: शुक्रबार, माघ २३, २०७७  ०५:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार