एक लाख ५८ हजारले लगाए कोरोना खोप

थप १७१ मा सङ्क्रमण पुष्टि
बिहीबार, माघ २२, २०७७

काठमाडौं । कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप अहिलेसम्म एक लाख ५८ हजार ४८७ ले लगाएका छन् । 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले ७७ जिल्लाका २०१ खोपकेन्द्रबाट एक लाख ५८ हजार ४८७ ले खोप लगाएको जानकारी दिए । 
उनका अनुसार प्रदेश– १ मा २१ हजार ७५४, प्रदेश–२ मा २१ हजार १८५, बागमती प्रदेशमा ५५ हजार ५०४, गण्डकी प्रदेशमा १७ हजार २६७, लुम्बिनी प्रदेशमा २३ हजार ७९८, कर्णाली प्रदेशमा आठ हजार ७२ र सुदूरपश्चिम प्रदेशमा १० हजार ९०७ ले खोप लगाएका छन् । 
मन्त्रालयले पहिलो चरणको खोप अभियान यहि माघ २४ गतेसम्म चल्ने भएकोले सूचना प्रणालीमा दर्ता नभएका कारण खोप सेवा लिनबाट वञ्चित हुन नदिन नेपाल मेडिकल काउन्सिल, नेपाला नर्सिङ काउन्सिल, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल आयुर्वेद मेडिकल काउन्सिल र नेपाल फार्मेसी काउन्सिलको दर्ता प्रमाण पत्र र फोटोसहितको परिचय पत्र लिई आएमा सम्बन्धित खोप केन्द्रले खोप लगाउने व्यवस्था मिलाउन अनुरोध गरेको छ । यहि माघ १४ गतेदेखि भारत सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख मात्रा उक्त खोप लगाउन थालिएको हो । 
थप १७१ मा सङ्क्रमण पुष्टि
देशभर पछिल्लो २४ घण्टामा थप १७१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार ८७८ जनाको स्वास्थ्य परीक्षण गर्दा ५९ महिला र ११२ पुरुष गरी सो संख्यामा सङ्क्रमण पुष्टि भएको हो । आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७१ हजार ६०२  पुगेको छ । त्यस्तै पछिल्लो समय थप २२७ निको भएका छन् । योसँगै निको हुनेको संख्या दुई लाख ६७ हजार २९२ पुगेको छ । अहिले देशभर दुई हजार २७७ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये ९२ जना क्वारेन्टिनमा रहेका छन् । दुई हजार २७७ जना आइसोलेशनमा छन् । हालसम्म नेपालमा २० लाख ८५ हजार ५७३ को पिसिआर परीक्षण भएको छ । सक्रिय सङ्क्रमितमध्ये ६१ जनाको आइसियु र १४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

थप दुईको मृत्यु  

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई हजार ३३ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप दुई जनाले ज्यान गुमाएका मन्त्रालयले जनाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, माघ २२, २०७७  २१:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार