कतारविरुद्धकाे शृंखला 'क्लिन स्विप' गर्ने दाउमा नेपाल

बिहीबार, मंसिर २, २०७८

काठमाडौं, २ मंसिर । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज बिहीबार घरेलु टोली कतारसँग अन्तिम तथा तेस्रो टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतिस्पर्धा गर्दै छ । दोहामा हुने तेस्रो खेल दिउँसो ३:४५ बजे सुरू हुनेछ । घरेलु टिमविरुद्ध मैदान उत्रिँदै गर्दा भ्रमण टोली नेपाल पहिलो पटक शृंखला 'क्लिन स्विप' गर्ने दाउमा हुनेछ । तीन खेलको शृंखला नेपालले  यसअघि नै २-० ले  जितिसकेको छ ।  नेपाल तेस्रो खेलसमेत जित्दै शृंखला ३-० ले जित्न चाहन्छ । पहिलो खेलमा कतारलाई ११९ रन तथा दोस्रो खेलमा ६१ रनको जित निकालेको थियो । आईसीसी महिला टी-ट्वान्टी विश्वकपको एसियाली छनोटको तयारी स्वरूप नेपालले कतारसँग तीन खेलको टी-ट्वान्टी शृंखला खेलेको हो । यसपछि नेपाली टोली संयुक्त अरब इमिरेट्स प्रस्थान गर्नेछ । विश्वकप छनोट भने २२-२८ नोभेम्बरमा दुबईमा आयोजना हुनेछ । 

 

प्रकाशित मिति: बिहीबार, मंसिर २, २०७८  १४:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार