कोरोनाको सङ्क्रमणबाट ब्राजिलमा दुई लाख २७ हजारभन्दा बढीको मृत्यु

बिहीबार, माघ २२, २०७७

साओ पाउलो । ब्राजिलमा बुधबार कोरोना भाइरस सङ्क्रमणको कारण थप एक हजार २५४ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई लाख २७ हजार ५६३ पुगेको छ । गत २४ घण्टामा ब्राजिलमा ५६ हजार दुई जना थप व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण भएपछि ब्राजिलमा कुल सङ्क्रमितको संख्या ९३ लाख ३९ हजार ४२० पुगेको छ । ब्राजिलको साओ पाउलोे सबभन्दा बढी कोरोना भाइरस प्रभावित राज्यको रुपमा रहेको छ । विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण ज्यान गुमाउने राष्ट्रको रुपमा ब्राजिल हाल दोस्रो स्थानमा रहेको छ । अमेरिका पहिलो, ब्राजिल दोस्रो र भारत तेस्रो स्थानमा रहेको छ । अमेरिकामा कोरोना सङ्क्रमणबाट चार लाख ६१ हजारभन्दा बढीको मृत्यु भएको छ । भारतमा कोरोना सङ्क्रमणबाट एक लाख ५४ हजार ७०० भन्दा बढीको मृत्यु भएको छ ।–सिन्ह्वा
 

प्रकाशित मिति: बिहीबार, माघ २२, २०७७  १६:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार