लिग सुरु नहुँदै तालिका हेरफेर, प्रत्येक दिन ‘फ्लड लाइट’मा खेल

मंगलबार, कात्तिक ३०, २०७८
काठमाडौं, ३० कात्तिक : अखिल नेपाल फुटबल संघ (एन्फा)ले ३ मसिंरबाट सुरु हुने ए डिभिजन लिगको तालिका हेरफेर गरेको छ ।  मंगलबार एन्फाले शीर्ष डिभिजनको लिग सुरु नहुँदै तालिका हेरफेर गरेको हो । यसअघि लिग २७ कात्तिकमा सुरु हुने तय भए पनि सारिएर ३ गतेलाई पुर्‍याएको थियो । जहाँ दुई चरणका खेल पूर्ण रुपमा सार्वजनिक भएको थियो । दुई चरणको खेललाई मात्रै एन्फाले हेरफेर गरेको छ । 
लिग सुरु नहुँदै हेरफेर भएको तालिकामा भने हप्तामा ४ दिन खेल राखिएको छ । उद्घाटनको दिन एकमात्रै खेल हुनेछ । जसमा फ्रेण्ड्स क्लब र सातदोबाटो युथ क्लब भिड्नेछन् । यसपछि भने एन्फाले प्रत्येक दिन २ खेल तोकेको छ । 
एन्फाले हप्तामा ४ दिन खेल हुने तालिका सार्वजनिक गरेको हो । शुक्रबार, शनिबार, आइतबार र सोमबारमात्रै लिगको  खेल हुने गरि तालिका सार्वजनिक गरिएको छ ।
नयाँ तालिकाअनुसार प्रत्येक दिन पहिलो खेल १ बजे हुनेछ भने दोस्रो खेल पौने ५ बजे सुरु हुनेछ ।
यस्तै एन्फाले निकालेको दुबै चरणको खेल दशरथ रंगशालामा हुनेछ । यसअघि एन्फाले त्रिपुरेश्वरस्थित दशरथ रंगशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने जनाएको थियो ।
यस सिजनको लिगको लागि एन्फाले सामान्यतर्फ १ सय र भीआईपी तर्फ ५ सयको टिकट मुल्य तोकेको थियो । दुई टोली रेलिगेशन पर्ने लिगको विजेताले ७५ लाख पाउँदा उपविजेताले ५० लाख पाउनेछ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७८  १७:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार