एसकेडीयूएनका खेलाडी तथा अफिसियललाई बिदाइ

शुक्रबार, कात्तिक २६, २०७८

काठमाडौं, २६ कात्तिक : सर्वियाको जेन्जाजिनमा आयोजना हुने २८औँ एसकेडीयूएन विश्व सोतोकान कराते च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न जाने नेपाल सोतोकान कराते संघ (एसकेडीयूएन)का खेलाडी तथा अफिसियललाई संघका उपाध्यक्ष नारायण खड्का र महासचिव गोविन्द श्रेष्ठले अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार साँझ शुभकामनासहित बिदाइ गरे । २४ देखि २८ कात्तिकसम्म हुने च्याम्पियनसिपमा संघका उपाध्यक्ष बद्रीबहादुर महतको नेतृत्वमा एक अफिसियल र ८ जना खेलाडीलाई बिदाइ गरिएको हो । संघका अध्यक्ष धीरज तामाङ पोर्चुगलमा रहेकाले उतैबाट सर्विया प्रस्थान गर्ने महासचिव श्रेष्ठले जानकारी गराए । सर्विया जाने टोलीमा अफिसियलमा विजयलाल श्रेष्ठ, खेलाडीहरू चित्रबहादुर श्रेष्ठ, पञ्चराम लामा, रामनारायण श्रेष्ठ, फुर जङ्गबु लामा, राजु गिरी, मिलन बि.क., राजु दनुवार र निक्सन लामा रहेका छन् । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २६, २०७८  २०:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार