ललितपुर महिला लिगमा छनोट 

शुक्रबार, कात्तिक २६, २०७८

काठमाडौं, २६ कात्तिक :  ललितपुर महानगरपालिका उपमेयर कप राष्ट्रिय महिला लिग २०७८ को लागि छनोट भएको छ । शुक्रबार एन्फा कम्प्लेक्समा भएको पहिलो सेमिफाइनल खेलमा झापाको कनकाई नगरपालिकालाई १-० गोल अन्तरले पराजित गर्दै फाइनल पुगेसँगै ललितपुर राष्ट्रिय लिगमा स्थान बनाउन सफल भएको हो ।

ललितपुरको जितमा कप्तान निर्मला विकले एक मात्र गोल गरिन् । नेपाल पुलिस क्लबको फरवार्डसमेत रहेकी निर्मलाले पहिलो हाफमा गोल गरेकी थिइन् । बाँकी समय दुवै टोलीले केही अवसर पाए पनि सदुपयोग गर्न सकेनन्  । तर, फाइनल पुग्दै ललितपुर भने राष्ट्रिय महिला लिगको लागि छनोट भयो । 

अहिले जारी दोस्रो सेमिफाइनलमा कैलालीको गौरीगंगा नगरपालिका र धनगढी उपमहानगरपालिकाबीच प्रतिस्पर्धा भइरहेकाे छ । जसको विजेता पनि राष्ट्रिय लिगको लागि छनोट हुनेछ । फाइनल खेल आइतबार हुनेछ ।

प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँ पाउनेछ भने उपविजेताले दुई लाख ५० हजार रुपैयाँ पाउनेछ । 

३१ टोली समभागी लिगको फाइनल पुग्ने टोली महिला लिगमा छनोट हुनेछ । महिला लिगमा विभागीय तीन क्लबसहित चन्द्रपुर नगरपालिका, वालिङ नगरपालिका र विराटनगर महानगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । 

ललितपुर र धनगढी महिला लिगमा छनोट

ललितपुर महानगरपालिका र धनगढी उपमहानगरपालिका उपमेयर कप राष्ट्रिय महिला लिग २०७८ को लागि छनोट भएका छन् । 

शुक्रबार एन्फा कम्प्लेक्समा भएको फरक खेलमा विजयी हुँदै फाइनल स्थान सुरक्षित गरेसँगै ललितपुर र धनगढी राष्ट्रिय लिगका लागि छनोट भएका हुन् । 

पहिलो सेमिफाइनल खेलमा झापाको कनकाई नगरपालिकालाई १-० गोल अन्तरले पराजित गर्दै ललितपुर राष्ट्रिय लिगमा स्थान बनाउन सफल भएको हो । 

ललितपुरको जितमा कप्तान निर्मला विकले एक मात्र गोल गरिन् । नेपाल पुलिस क्लबको फरवार्डसमेत रहेकी निर्मलाले पहिलो हाफमा गोल गरेकी थिइन् । 

दोस्रो सेमिफाइनलमा कैलालीको गौरीगंगा नगरपालिकालाई ४-० गोल अन्तरले पराजित गर्दै धनगढी उप-महानगरपालिका फाइनलसहित राष्ट्रिय लिगमा छनोट हुन सफल भयो । 

एकोहोरो खेलमा धनगढीलाई जिताउन सीमा रावल, चन्द्रा भण्डारी, कप्तान रेबिका पाण्डे र सरस्वती रोकायले समान एक एक  गोल गरे । 

अब, दुई टोली उपाधिका लागि आइतबार भिड्नेछन् । प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँ पाउनेछ भने उपविजेताले दुई लाख ५० हजार पाउनेछ । 

३१ टोली सहभागी लिगको फाइनल पुग्ने टोली महिला लिगमा छनोट हुनेछ । सहभागी क्लबलाई १० समूहमा विभाजन गरिएको थियो । सहभागी क्लबलाई विभागीय चार खेलाडीसम्म अनुबन्धन गर्ने मौका एन्फाले दिएको थियो ।

अब, यसै सिजनमा हुने राष्ट्रिय महिला लिगमा विभागीय तीन क्लब (पुलिस, आर्मी, एपीएफ) चन्द्रपुर नगरपालिका, वालिङ नगरपालिका र विराटनगर महानगरपालिकासहित धनगढी र ललितपुर गरी आठ क्लबबीच प्रतिस्पर्धा हुनेछ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २६, २०७८  २०:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार