खेलाडीसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री

राष्ट्रिय खेलकुद परिषद्को नयाँ योजना 
सोमबार, माघ १९, २०७७

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले भोलि खेलकुदसँग प्रधानमन्त्री अन्तक्र्रिया कार्यक्रम गर्नेभएको छ । राखेपले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा दिउँसो १ः०० बजे उक्त कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा प्रधामन्त्री केपी शर्मा ओलीले खेलाडी, प्रशिक्षक र खेलकर्मीसँग अन्तरक्रिया गर्ने राखेपले एक सूचना जारी गर्दै जानकारी दिएको छ । अन्तरक्रियामा प्रधानमन्त्री ओलीले नेपाली खेलकुदका बारेमा जानकारी लिने छन भने उनले आवश्यक निर्देशन दिुने राखेपले जनाएको छ । कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाली खेलकुदको विकास र विस्तार तथा समसामयिक विषयमा सम्बोधन गर्नेछन् । कार्यक्रममा ओलम्पियन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी, विभिन्न खेलका प्रशिक्षक, विभिन्न सङ्घ संस्थाका पदाधिकारी, कर्मचारीलगायतको उपस्थिति रहनेछ । सो अवसरमा युवा तथा खेलकुदमन्त्री र राखेपका सदस्यसचिवले नेपालको खेलकुदको अवस्थाका बारेमा प्रधानमन्त्री ओलीलाई जानकारी गराउनेछन् । खेलकुदसँग प्रधानमन्त्री कार्यक्रममा खेलाडीले सोझै प्रधानमन्त्रीसँग अन्तरक्रिया गर्न पाउने राखेपले जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, माघ १९, २०७७  ०५:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार