इजरायलमा ३० लाखलाई दिइयाे कोभिड खोप

आइतबार, माघ १८, २०७७

जेरुसलेम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको खोप लगाउने व्यक्तिको संख्या इजरायलमा ३० लाख नाघेको जनाएको छ ।  गत डिसेम्बर २० मा खोप अभियान शुरु भएयता कूल जनसङ्ख्याको करिब ३२ प्रतिशतले खोप लगाइसकेका छन् । इजरायलको जनसंख्या करिब ९३ लाख छ । मन्त्रालयका अनुसार ७० वर्ष र सोभन्दा बढी उमेरका ९० प्रतिशतभन्दा बढी व्यक्तिले खोप लिइसकेका छन् । इजरायलमा कोभिड–१९ बाट संक्रमितको संख्या ६ लाख ४० हजार नाघेको छ । तीमध्ये ७२ हजार व्यक्तिमा सक्रिय सङ्क्रमण छ । इजरायलमा कोभिड–१९ सङ्क्रमितमध्ये चार हजार ७४५ जनाको मृत्यु भएको छ भने गम्भीर अवस्थामा रहेका व्यक्तिको संख्या एक हजार १६२ छ । कोभिड–१९ संक्रमितमध्ये पाँच लाख ६४ हजार संक्रमणमुक्त भएका छन् ।– सिन्ह्वा
 

प्रकाशित मिति: आइतबार, माघ १८, २०७७  २१:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार