सुनकोशी बाहिरियो, कनकाई अन्तिम आठमा

सोमबार, कात्तिक २२, २०७८

काठमाडौं, २२ कात्तिक । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकालाई हराउँदै झापाको कनकाई नगरपालिका उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको अन्तिम आठमा प्रवेश गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको पहिलो खेलमा सुनकोशीलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै कनकाई क्वाटरफाइनलमा प्रवेश गरेको हो । प्रतियोगिताको दोस्रो चरणको पहिलो खेल निर्धारित ९० मिनेट गोलरहित बराबरीमा समाप्त भएपछि खेलको छिनोफानो सिधै पेनाल्टी सुट आउटमा भएको थियो । पेनाल्टीमा भाग्यशाली रहेको कनकाईले सुनकोशीलाई ३–१ ले हरायो । खेलको प्लेअर अफ दि म्याच कनकाईकी जसोधा लावती घोषित भईन् । उनले पाँच हजार रुपैंयासहित ट्रफी पाइन् । अब, कनकाइले सेमिफाइनल प्रवेशका लागि बुधबार कैलालीको गोदावरी नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको विजेताले पाँच लाख पाउँदा उपविजेताले दुई लाख ५० हजार पाउँनेछन् । फाइनल भिड्ने दुई टोली राष्ट्रिय महिला लिगमा छनोट हुनेछ । राष्ट्रिय महिला लिगमा आठ टोलीले सहभागीता जनाउँनेछन् । 

प्रकाशित मिति: सोमबार, कात्तिक २२, २०७८  १६:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार