आइसिसी टी-२० : समूह विजेता बन्याे पाकिस्तान, अष्ट्रेलियासंँग सेमिफाइनल भिड्ने

सोमबार, कात्तिक २२, २०७८

काठमाडौं, २२ कात्तिक :  पाकिस्तान स्कटल्याण्डलाई पराजित गर्दै आइसिसी टी-२० विश्वकपमा अपराजित रहँदै सेमिफाइनलमा पुगेको छ । 

आइतबार सुपर-१२ को समूह-२ मा रहेको पाकिस्तानले स्कटल्यान्डलाई ७२ रनले पराजित गर्दै समूह विजेताका रुपमा सेमिफाइनल पुगेको हो । 

अब, पाकिस्तानले फाइनल प्रवेशका लागि बिहीबार सुपर १२ को समूह-१  को उपविजेता अष्ट्रेलियासँग खेल्नेछ ।

जितका लागि १९० रनको विजयी लक्ष्य पाएको स्कटल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११७ रन मात्र बनाउन सक्यो । स्कटल्यान्डका रिची बेरिंगटनले  सर्वाधिक ५४ रनमा अविजित रहे । 

यसअघि शारजाहमा टस जितेर ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८९ रन बनाएको थियो । पाकिस्तानका कप्तान बाबर आजमले  सर्वाधिक ६६ रनको योगदान दिए । शोएब मलिक ५४ रनमा अविजित रहे ।

सुपर १२ को समूह-२ मा ५ खेलमा अपराजित रहँदै १० अंक बनाएको पाकिस्तान शीर्ष स्थानमा छ । युजिल्यान्डले ५ खेलमा ४  जित र १ हार सहित सहित ८ अंकका साथ दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा स्थान बनाएको हो । 

पहिलो सेमिफाइनल बुधबार इंग्ल्यान्ड र न्युजिल्यान्डबीच  हुनेछ । दोस्रो सेमिफाइनलमा बिहीबार पाकिस्तान र अष्ट्रेलियाबीच हुनेछ ।

प्रकाशित मिति: सोमबार, कात्तिक २२, २०७८  ०८:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार