हङ्गेरीले चिनियाँ खोप पनि प्रयोगमा ल्याउने 

शनिबार, माघ १७, २०७७

बुडापेष्ट । हङ्गेरीले कोरोनाभाइरसविरुद्ध चिनियाँ खोप पनि प्रयोगमा ल्याउने भएको छ । हङ्गेरीका सरकारी अधिकारीहरुले चिनियाँ खोप प्रयोग गर्ने निर्णय गरेका हुन् । उनीहरुले चीनमा विकास गरिएको सिनोफार्म खोप प्रयोग गर्ने निर्णय गरिएको शुक्रबार जानकारी दिए । हङ्गेरीका प्रमुख मेडिकल अधिकृत सेसिलिया मुलरले भने, ‘राष्ट्रिय फार्मेसी तथा पोषण इन्स्टीच्यूटले आज चिनियाँ सिनोफार्म खोप प्रयोग गर्ने निर्णय गरेको छ ।’ यो बाहेक हङ्गेरीमा फाइजर बायोएनटेकले विकास गरेको खोप, बेलायतमा विकास गरिएको र रुसमा विकास गरिएको खोपलाई पनि प्रयोगका लागि यसअघि नै अनुमति दिइ सकिएको छ ।  विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका विरुद्धमा अरु पनि धेरै बैज्ञानिकहरुले खोप विकास गर्ने प्रयास गरिरहेका छन् ।  विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले दिएको जानकारी अनुसार अहिले विश्वभरी २३६ प्रकारका खोप विकास गरिएको छ । तीमध्ये ६३ वटा चिकित्सकीय परीक्षणको क्रममा रहेका छन् ।– सिन्ह्वा
 

प्रकाशित मिति: शनिबार, माघ १७, २०७७  १७:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार