सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग खेल्ने चार क्लबले एएफसी लाइसेन्स प्राप्त गरेका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार जनाएअनुसार शीर्ष डिभिजनका चार क्लबले एएफसी लाइसेन्स पाएका हुन् ।
लाइसेन्स पाउनेमा गत सिजन लिग विजेता मछिन्द्र फुटबल क्लब, उपविजेता त्रिभुवन आर्मी फुटबल क्लब, तेस्रो भएको मनाङ मर्स्याङदी क्लब र एपीएफ फुटबल क्लब रहेका छन् ।
एन्फाले चार क्लबलाई 'फष्ट इन्स्टान बडी' मान्यता दिएको जनाएको छ ।
गत सिजनमा एएफसीले आर्मी फुटबल क्लबलाई मात्रै लाइसेन्स मान्यता दिएको थियो । सोही अनुसार लिग उपविजेता आर्मी एएफसी कप छनोटको प्लेअफमा खेलेको थियो ।