म्यानमारका सांसदलाई कोरोनाको खोप

शनिबार, माघ १७, २०७७

याङगुन । म्यानमारका सांसदलाई शुक्रबार कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ । संसद् अधिवेशनको पूर्वसन्ध्यामा दुबै सदनका सबै सांसदलाई खोप लगाउने सरकारी निर्णय अनुसार खोप लगाइएको हो । उनीहरुलाई भारतको सेरम इन्स्टीच्युट्ले उत्पादन गरेको कोभिशिल्ड खोप उनीहरुलाई लगाइएको अधिकारीहरुले जानकारी दिएका छन् । म्यानमारमा हालै निर्वाचन भएर सांसदहरु निर्वाचित भएका हुन् भने अर्को हप्ता पहिलो संसद् अधिवेशन शुरु हुन लागेको हो । 
सांसद बाहेक संसद्मा खटिने सुरक्षाकर्मी तथा अन्य कर्मचारी र पदाधिकारीलाई समेत  शनिबार कोरोना विरुद्धको खोप लगाइने भएको छ । अग्रमोर्चामा काम गर्ने स्वास्थ्यकर्मी, स्वयमसेवीलगायतलाई भने बुधबारदेखि नै खोप लगाउन थालिएको थियो । 
म्यानमारले देशभरी सबै अत्यावश्यकपर्ने र उच्च जोखिममा रहेकालाई लगाएपछि आम नागरिकलाई कोरोना विरुद्धको खोप लगाउने तयारी गरेको छ । म्यानमारको प्रतिनिधिसभा बैठक आगामी सोमबार बस्ने तय भएको अधिकारीले जनाएका छन् ।– सिन्ह्वा
 

प्रकाशित मिति: शनिबार, माघ १७, २०७७  ०८:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार