दोस्रो जितसँगै न्युजिल्यान्डको सेमिफाइनल सम्भावना बलियो

बुधबार, कात्तिक १७, २०७८

काठमाडौं : आइसिसी टी-ट्वान्टी विश्वकपमा न्युजिल्यान्डले स्कटल्यान्डलाई १६ रनले पराजित गरेको छ ।

बुधबार  सुपर-१२ को समूह-२ मा रहेको न्युजिल्यान्डको जितसँगै सेमिफाइनल सम्भावना बलियो भएको छ   ।

१७३ रनको विजयी लक्ष्य पाएको स्कटल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५६ रन बनायो । स्कटल्यान्डका माइकल लिस्कले सर्वाधिक ४२ रन बनाए । न्युजिल्यान्डका  ट्रेन्ट बोल्ट ईश सोधीले  २ विकेट लिए ।

यसअघि दुबईमा  टस हारेर ब्याटिङ गरेको न्युजिल्यान्डले  २० ओभरमा ५ विकेट गुमाउँदै  १७२ रन बनाएको थियो ।

न्युजिल्यान्डका ओपनर मार्टिन गुप्टिलले सर्वाधिक ९३ रनको योगदान दिए । 

प्रकाशित मिति: बुधबार, कात्तिक १७, २०७८  २०:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार