७२ प्रतिशत नागरिक कोरोना खोपका लागि योग्य 

खोप खरिदको प्रक्रिया अघि बढाएको सरकारको भनाइ 
शनिबार, माघ १७, २०७७

काठमाडौं । सरकारले मुलुकका ७२ प्रतिशत नागरिक कोरोना विरुद्धको खोपका लागि योग्य रहेको तथ्यांक सार्वजनिक गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले उक्त संख्याका नेपालीलाई खोप लगाउनुपर्ने जानकारी दिँदै कोरोना विरुद्धको थप खोप खरिदको प्रक्रिया अघि बढाइएको बताए । 
कोरोना विरुद्धको खोप अभियानको अनुगमनका लागि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को पृथ्वीचन्द्र अस्पताल परासीमा आएका मन्त्री त्रिपाठीले पत्रकारसँग कुराकानी गर्दै खोप उत्पादक मुलुकसँग सरकारले राजनीतिक प्रयत्नमार्फत खोप खरिदको प्रक्रिया अघि बढाएको जानकारी दिएका हुन् । मन्त्री त्रिपाठीले भने, ‘सरकारले खोप उत्पादक मुलुकसँग सरकार–सरकार, सरकार–उत्पादक कम्पनीलगायत आधारमा खोप खरिदको प्रक्रिया अघि बढाएको छ । भारतसँग पनि हामीले खरिदकै प्रक्रिया अघि बढाएका थियौँ तर अनुदान उपलब्ध भयो ।’ पहिलो चरणमा प्राथमिकतामा परेका स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालकलगायत चार लाख ३० हजार अर्थात तीन प्रतिशत नागरिकलाई खोप लगाएपछि दोस्रो चरणमा ५५ वर्ष माथीका नागरिकलाई प्राथमिकता दिइने मन्त्री त्रिपाठीले जानकारी दिनुभयो । पहिलो चरणमा जिल्ला अस्पतालमार्फत खोप अभियान सञ्चालन गरिएपनि दोस्रो चरणमा देशभरका १६ हजार खोप केन्द्रमार्फत खोप अभियान सञ्चालन गरिने उनको भनाइ थियो ।–रासस
 

प्रकाशित मिति: शनिबार, माघ १७, २०७७  ०८:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार