नेपालमै बन्यो कोरोनाको औषधि

‘फाभिर–२००’ बिक्रीको अनुमतिका लागि सरकारसँग आग्रह
शनिबार, माघ १७, २०७७

काठमाडौं । देउराली जनता फर्मास्युटिकल्सले कोरोना–१९ को मध्यमसंक्रमण भएका बिरामीलाई ‘फाभिर–२००’ औषधि सेवन गर्दा कुनै किसिमको नकारात्मक असर नपरेको चिकित्सकीय परीक्षणबाट प्रमाणित भएको बताउँदै उक्त औषधि बिक्रीको अनुमति दिन सरकारसँग अनुरोध गरेको छ । नेपालको इतिहासमा पहिलोपटक स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् तथा देउराली जनता फर्मास्युटिकल्सले संयुक्तरूपमा हालै गरेको ‘क्लिनिकल ट्रायल’बाट फाभिर २०० ट्याबलेट प्रभावकारी देखिएकाले बजारमा लैजाने अनुमतिका लागि आग्रह गरिएको कम्पनीका प्रबन्ध निर्देशक हरिभक्त शर्माले बताए । कम्पनीको ३० औँ वार्षिकोत्सवको अवसरमा राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा उनले कोरोना सङ्क्रमितका निम्ति प्रभावकारी औषधि फाभिर २०० उत्पादन गरेर कोभिड–१९ को उपचारमा योगदान गर्न सघाएका सम्बद्ध पक्षप्रति आभार व्यक्त गर्र्दै  गुणस्तरीय औषधि उत्पादन गरी राष्ट्रलाई औषधिको क्षेत्रमा आत्मनिर्भर बनाउने प्रतिबद्धता दोहो¥याए । विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको असल व्यावसायिक अभ्यासलाई आत्सात् गर्दै कम्पनीले ३३० किसिमका औषधि उत्पादन गरी औषधिप्रतिको मुलुकको परनिर्भरता घटाउन टेवा दिँदै आएको उनको धारणा थियो ।–रासस
 

प्रकाशित मिति: शनिबार, माघ १७, २०७७  ०७:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार