थपिए १५७ मा कोरोना संक्रमित 

शनिबार, माघ १७, २०७७

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १५७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन  हजार २२१ जनाको स्वास्थ्य परीक्षण गर्दा ५९ महिला र ९८ पुरुष गरी सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । 
नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७० हजार ७४५  पुगेको छ । त्यस्तै  पछिल्लो समय थप ३३३ निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ६५ हजार ६९८ पुगेको छ । अहिले देशभर तीन हजार २२ सक्रिय सङ्क्रमित छन् । उनीहरूमध्ये १११ जना क्वारेन्टिनमा रहेका छन् । एक हजार २४९ जना होम आइसोलेसनमा छन् भने १४७ जनाको आकस्मिक र २७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । हालसम्म  २० लाख ६४ हजार ८१ को पिसिआर परीक्षण भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार २५ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप पाँच जनाले ज्यान गुमाएका छन् ।
 

प्रकाशित मिति: शनिबार, माघ १७, २०७७  ०७:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार