भेट्रान्स कपको उपाधि झापालाई

मंगलबार, कात्तिक १६, २०७८

काठमाडौं । एफडी खुमलटार भेट्रान्स क्लबलाई  पराजित गर्दै झापा भेट्रान्स एफसी 'मेयर कप भेट्रान्स फुटबल प्रतियोगिता' को विजेता बनेको छ ।  मंगलबार  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा  भएको फाइनलमा  खेलमा झापाले खुमलटारलाई २-१ गोल अन्तरले पराजित गर्दै पहिलो संस्करणको उपाधि हात पारेको हो । प्रतिस्पर्धात्मक खेलमा झापालाई जित दिलाउन श्यामकुमार घोलेले दुई गोल गरे । यस्तै  खुमलटारको लागि कप्तान नरेन्द्र लामाले सान्त्वना गोल फर्काए । प्रतियोगितामा झापा  अपराजित रहँदै विजेता बन्न सफल भएको हो ।  लिगकप नकआउट प्रणालीमा खेलाएकाे यस प्रतियोगितामा २१ टिमले प्रतिस्पर्धा गरेका थिए  । २१ टिमलाई सात समूहमा विभाजन गरिएको थियो ।  प्रतियोगिताको विजेता टोली झापाले पाँच लाख रुपैयाँ प्राप्त गर्दा उपविजेता खुमलटारले  दुई लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकाे छ ।

 

प्रकाशित मिति: मंगलबार, कात्तिक १६, २०७८  १६:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार