थप १९ सय जनामा कोरोना सङ्क्रमण

१५ जनाको मृत्यु
बिहीबार, कात्तिक २७, २०७७

काठमाडौं । विगत २४ घण्टामा नेपालभरि थप १,९१३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । यो अवधिमा १५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १० हजार २२ जनाको परीक्षण गर्दा त्यति संख्यामा सङ्क्रमित फेला परेका हुन् । यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल संख्या दुई लाख चार हजार नाघेको छ । अहिलेसम्म नेपालमा ११८९ सङ्क्रमितको कोभिड–१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अहिले थप २ हजार ३४९ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा अहिले पुष्टि भएका ३८,४६१ जना सक्रिय सङ्क्रमित छन् ।
अहिलेसम्म १,६४,५९२ जना निको भएको सरकारी तथ्याङक छ । नेपालमा सङ्क्रमित निको हुने दर ८०.६ प्रतिशत छ ।
बुधवार २,५६९ जनामा सङ्क्रमण पुष्टि हुँदा नेपालमा सङ्क्रमितको कुल संख्या दुई लाख नाघेको थियो ।
को हुन् सङ्क्रमित ?
मन्त्रालयका अनुसार अहिले फेला परेका सङ्क्रमितमध्ये ७५९ जना महिला र १,१५४ जना पुरुष छन् । उनीहरू विभिन्न जिल्लाका हुन् ।
सबै सङ्क्रमितमध्ये ३४ प्रतिशत अर्थात ६८,७११ महिला र बाँकी १,३५,५३१ जना पुरुष भएको मन्त्रालयले जनाएको छ । तर पर्याप्त परीक्षण नभएकाले सङ्क्रमितको वास्तविक संख्या बढी हुनसक्ने विज्ञहरूको भनाइ छ । तर काठमाडौं उपत्यकामा सर्वाधिक परीक्षण र सङ्क्रमित हुने क्रम जारी छ । विगत २४ घण्टामा काठमाडौंमा ७६४ सहित उपत्यकामा ९७३ जनामा सङ्क्रमण पुष्टि भयो । 
अहिले उपत्यकामा २०,८४९ जनामा सक्रिय सङ्क्रमण छ । तीमध्ये १४,२३८ जना घरमै एकान्तवासमा भएको तथ्यांक मन्त्रालयले दिएको छ ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०७७  १७:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार