बेइजिङवासीलाई विदा मनाउन बाहिर ननिस्किन आग्रह  

शुक्रबार, माघ १६, २०७७

बेइजिङ । चीनमा कोरोना भाइरसका नयाँ सङ्क्रमति प्रत्येक दिन जसो भेटिन थालेपछि यहाँका अधिकारीले बेइजिङ सहरमा बाहिर ननिस्कन भनेका छन् । बेइजिङ सहरका अधिकारीले चीनमा हाल मनाइने ‘स्प्रिङ फेस्टिभल’ को विदा मनाउन एकै पटक ठूलो सङ्ख्यामा बाहिर ननिस्किन नागरिकलाई आग्रह गरेका छन् ।
हाल चीन सरकारले यहाँ उक्त पर्वका लागि विदा दिएको छ । यस समयमा सरकारी कार्यालय पनि विदा हुने भएकोले ठूलो सङ्ख्याका मानिस यो पर्व मनाउन जम्मा हुने गरेका छन् । यो पर्वमा चीनमा विदेश गएका नागरिक पनि घर फर्किने र ठूलो सङ्ख्यामा विभिन्न स्थानमा परिवारका साथमा गएर विदा मनाउने गरेका हुन्छन् ।
यहाँका स्वास्थ्य अधिकारीले भने चीनमा दिन प्रति दिन कोरोना भाइरसका सङ्क्रमित भेटिएको जानकारी गराएका छन् । चीनको राजधानी सहर बेइजिङका नगरपालिका अधिकारीले बेइजिङमा अनावश्यकरुपमा बाहिर ननिस्किन भनेका हुन् ।
उनले पछिल्ला केही दिनमा चीनका बेइजिङसहितका अरु पनि विभिन्न सहरमा कोरोना भाइरसको प्रभाव फेरि पनि देखिन थालेकोले विदा मनाउने क्रममा बाहिर ननिस्किन र ठूलो सङ्ख्यामा उपस्थित नहुन आग्रह गरेका हुन् । कोरोना भाइरसको सङ्क्रमण चीनको वुहान सहरबाट गत वर्षको डिसेम्बरमा निस्किएको बताइएको थियो । यो भाइरस संसारका देशमा पुगिसेकेको छ । चीनले भने छ महिनाभन्दा अघि नै यहाँ यो भाइरस नियन्त्रणमा लिएको जनाएको थियो । तर पछिल्ला दिनमा भने यहाँ फेरि यसका सङ्क्रमित देखिन थालेका चीन सरकारले जनाएको छ । चीन सरकारले जनाएअनुसार चीनभित्रै पनि सङ्क्रमणका नयाँ घटना दिनहुँ भेटिन थालेका हुन् । चिनियाँ अधिकारीका अनुसार बुधबार मात्र चीनमा कोरोना भाइरस ५४ जनामा नयाँ सङ्क्रमण देखिएको हो । तीमध्ये थप ४१ जना स्वदेशमा नै पाइएको ती अधिकारीले जानकारी दिए । त्यस्तै अरु सङ्क्रमित भने बाहिरबाट आएका नागरिकमा पाइएको थियो । चीनको नेशनल हेल्थ कमिसनले दिएको जानकारीअनुसार चीनमा पछिल्ला केही दिनमा विभिन्न सहरमा नयाँ नयाँ सङ्क्रमित भेटिएका छन् । यहाँका स्थानीय नागरिकबाटै ती जना व्यक्ति सङ्क्रमित भएका पाइएको समाचारमा जनाइएको छ । सोही कारणले चीनले पछिल्लो समयमा कोरोनाको परीक्षणलाई तिब्रता दिएको जनाएको छ ।– सिन्ह्वा
 

प्रकाशित मिति: शुक्रबार, माघ १६, २०७७  ०६:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार