कोरोना सङ्क्रमितको सङ्ख्या कम हुँदै

बिहीबार, माघ १५, २०७७

काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ७९१ जनाको पिसिआर परीक्षण गर्दा थप २१३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २१३ सहित हालसम्म सङ्क्रमित हुनेको कूल सङ्ख्या दुई लाख ७० हजार ५८८ पुगेको छ । पछिल्लो २४ घण्टामा निको भएका २९६ जनासहित कोरोनाबाट निको हुनेको कूल सङ्ख्या दुई लाख ६५ हजार ३६५ पुगेको छ । नेपालमा पछिल्लो चौबीस घण्टामा कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या दुई हजार २० पुगेको छ । मन्त्रालयका अनुसार हाल ११३ क्वारेन्टिनमा र २०३ जना आइसोलेशनमा छन् । 
 

प्रकाशित मिति: बिहीबार, माघ १५, २०७७  २२:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार