विश्वकपमा आज दुई खेल

आइतबार, कात्तिक १४, २०७८

काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा आइतबार दुई खेल हुँदै छ । समूह- २ अन्तर्गत पहिलो खेलमा अफगानिस्तान र नामिबियाबीच प्रतिस्पर्धा हुनेछ  । अबुधावीमा हुने खेल अपरान्ह पौने ४  बजे सुरु हुनेछ । प्रतियोगिता अन्तर्गत अफगानिस्तानले अघिल्ला दुई खेलमा स्कटल्यान्डलाई पराजित गर्दा पाकिस्तानसँग हार व्यहाेरेकाे थियो ।  यता, नामिबियाले एक खेल मात्र खेल्दा स्कटल्यान्डलाई पराजित गरेको थियो । दुबै टोली जित निकाल्दै सेमिफाइनलको सम्भावना कायम राख्न चाहन्छ । आइतबारको दोस्रो खेलमा भारत र न्यूजिल्यान्ड आमनेसामने हुनेछन् । दुबईमा हुने खेल खेल राति ७ : ४५ बजे सुरु हुनेछ । प्रतियोगितामा  दुबै टोली पाकिस्तानसँग पराजित भएको थियो । त्यसैले आइतबारको खेलमा दुबै टोली जितको खोजीमा हुनेछन् । समूह-२ मा लगातार तेस्रो जितसँगै पाकिस्तान शीर्ष स्थानमा रहेको छ । 

प्रकाशित मिति: आइतबार, कात्तिक १४, २०७८  १३:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार