इंग्ल्याण्डकाे लगातार तेस्रो जित

आइतबार, कात्तिक १४, २०७८

काठमाडौं :  इंग्ल्यान्डले आइसिसी टी- ट्वान्टी  विश्वकप क्रिकेटमा लगातार तेस्रो जित हात पारेको छ ।

शनिबार  सुपर-१२ को समूह-१ मा रहेको इंग्ल्यान्डले अष्ट्रेलियालाई ८ विकेटले हराउँदै सेमिफाइनल नजिक पुगेको छ ।
जितका लागि १२६ रनको  लक्ष्य पछ्याएको इंग्ल्यान्डले ११ ओभर ४ बलमा २ विकेटको क्षतिमा १२६ रन बनायो ।

इंग्ल्यान्डको जितमा ओपनर जस बटलर  ७१ रनमा अविजित रहे । अर्का ओपनर जेसन रोयले २२ रन बनाए ।

यसअघि दुबईमा टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलिया निर्धारित २० ओभरमा १२५ रनमा अल आउट भयो ।

अष्ट्रेलिया ओपनर तथा कप्तान आरोन फिन्चले सर्वाधिक ४४ रनको योगदान दिए ।

इंग्ल्यान्डका  क्रिस जोर्डनले  सर्वाधिक ३ विकेट लिए । टाइमल मिल्सले २, आदिल राशिद र लियाम लिभिङस्टोनले १–१ विकेट लिए ।

इंग्ल्यान्डले पहिलो खेलमा वेस्टइन्डिजलाई ६ विकेट र बंगलादेशलाई ८ विकेटले हराएको थियो ।

अष्ट्रेलियाले पहिलो खेलमा दक्षिण अफ्रिकालाई ५ विकेट र दोस्रो खेलमा श्रीलंकालाई ७ विकेटले पराजित थियो ।

सुपर-१२ को समूह-१ मा इंग्ल्यान्डले ३ खेलमा ३ जितका साथ ६ अंक जोड्दै शीर्षस्थानमा छ । अष्ट्रेलिया ३ खेलमा २ जित र १ हार सहित ४ अंकका साथ दोस्रो स्थानमा छ।

प्रकाशित मिति: आइतबार, कात्तिक १४, २०७८  ०६:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार