रोहित चन्द सम्मिलित पर्सिजाको दोस्रो हार

बुधबार, कात्तिक १०, २०७८

काठमाडौं :  नेपाल राष्ट्रिय फुटबल टोलीका सदस्य रोहित चन्द सम्मिलित पर्सिजा जाकर्ताले दोस्रो हार ब्यहोरेको छ । मंगलबार  राति भएको इन्डोनेशियन लिगा वानमा रोहित सम्मिलित जाकर्ताले पर्सिबाय सिराबयसंग १-० गोल अन्तरको हार ब्यहोरेको हो । 

पर्सिबायको जितमा जापानका खेलाडी ताईसाई मारिकायले खेलको  २५ मिनेटमा निर्णायक गोल गरे ।  साफ उपबिजेता भएपछी माल्दिभ्सबाट सिधै जाकर्ता पुगेका रोहितको यो पहिलो खेल हो । रोहितले पूरा समय खेलेका थिए । 

बराबरीसङै पर्सिजाले ९ खेलबाट १३ अंक बनाउदै तालिकाको सातौ स्थानमा छ । 

इटालीयन प्रशिक्षक एन्जेलो एलेसिलोको आगमन पछि पर्सिजाले ३ खेलमा मात्रै जित निकालेको छ । ४ खेलमा बराबर खेल्दा २ खेलमा हार ब्यहोरेको छ । 

प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७८  ०७:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार