प्रतिष्ठाको खेलमा पुतलीबजारविरुद्ध भक्तपुर विजयी

मंगलबार, कात्तिक ९, २०७८

काठमाडौं । समूहबाट बाहिरिसकेका भक्तपुर नगरपालिका र  पुतलीबजार नगरपालिकाबिचको खेलमा भक्तपुर विजयी भएको छ । मंगलबार बिहान एन्फा मैदान सातदोबाटोमा भएको खेलमा भक्तपुरले पुतलीबजारलाई  ८-१ गोल अन्तरले पराजित गर्दै उपमेयर कप राष्ट्रिय महिला लिग छनोटमा सुखद अन्त्य गरेको हो ।  भक्तपुरको जितमा करुणा परियारले ह्याट्रिक गरिन् । यस्तै सिम्रन बस्नेत र मनिषा बास्कोटाले समान दुई गोल तथा अन्जली मचामसीले एक गोल गरिन । पुतलीबजारको तर्फबाट जोत्स्निका मरासिनीले एक गोल फर्काएकी थिइन् । भक्तपुरकी अन्जली मचामसी खेलको प्लेअर अफ दि म्याच बन्दै पाँच हजार रुपैयाँसहित ट्रफी पाइन् । समूह ‘सी’ का भक्तपुर नगरपालिका र पुतलीबजार नगरपालिका यसअघि नै समूह चरणबाट बाहिरिसके पनि दुवै टोलिले खेल प्रतिष्ठाको लागि प्रतिस्पर्धा गरेका हुन् । यस समूहबाट बर्दियाको बाँसगढी नगरपालिका ६ अंकसहित समूह विजेता बन्दै नकआउट चरणमा पुगिसकेको छ । दोस्रो खेल समूह ‘डी’ अन्तर्गत देवचुली र जानकी नगरपालिकाबीच केही समयमा सुरु हुनेछ । दुवै टोली अंकविहिन हुँदै समूह चरणबाट बाहिरसकेका छन् । दुवै टोली प्रतियोगितामा सुखद अन्त्य चाहन्छन् । दिनको अन्तिम खेल दिउँसो ३ बजे समूह ‘इ’ मा रोङ गाउँपालिका र सिमकोट गाउँपालिकाबीच हुनेछ । प्रतियोगितामा सहभागी ३१ टिमलाई १० समुहमा विभाजन गरिएको छ । समुह 'ए' मा चार टिम र अन्य समुहमा तीन-तीन टिम रहेका छन् ।  प्रतियोगिताको विजेता र उपविजेता टोलिले राष्ट्रिय महिला लिग छनोट हुनेछन् । उपमेयर कपको विजेताले पाँच लाख रुपैयाँ र उपविजेताले तीन लाख रुपैयाँ पाउनेछन् । साथै फियर प्ले टिमले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । 

प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८  १३:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार