बेलायतमा कोरोना भाइरसबाट ९७ हजारको मृत्यु 

सोमबार, माघ १२, २०७७

लन्डन । बेलायतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ९७ हजारभन्दा बढी पुगेको छ । बेलायतको डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयरले आइतबार तथ्याङ्क सार्वजनिक गर्दै आइतबार सार्वजनिक गर्दै कोरोनाका कारण ज्यान जाने नागरिकको संख्या ९७ हजार ९३९ पुगेको बताइएको हो । उक्त विभागका अनुुसार तीन दिन अघि बेलायतमा एकै दिन कोरोनाका कारण कम्तीमा पनि १ हजार ८०० जनाको ज्यान गएको थियो । तर त्यसपछिका दिनमा घट्दै गएको यो मृत्युको संख्या अघिल्ला दिनहरूको तुलनामा निकै नै कमी आएको हो । बेलायतमा आइतबार थप ६१० जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । 
अघिल्लो दिनमात्र यहाँ ९ सयभन्दा बढीको ज्यान गएको थियो । तर यहाँका विभिन्न अस्पतालमा सङ्क्रमितको संख्या भने पहिलेका हप्ताको तुलनामा पछिल्ला हप्ताहरुमा निकै बढेको छ । विभागले आइतबार दिएको जानकारीमा बेलायतमा कोरोना संक्रमितहरुको संख्यामा पनि केही दिनयता कमी आएको छ । आइतबार सम्ममा त्यसको २४ घन्टा अघिको तुलनामा यहाँका ३० हजार ४ जना नयां सङक्रमित थपिएका छन् । योसँगै बेलायतमा संक्रमित संख्या संख्या ३६ लाख ४७ हजार ४६३ पुगेको छ ।यहाँका अस्पतालहरुमा हाल झन्डै ३८ हजारको संख्यामा कोरोना संक्रमितको उपचार भइरहेको पनि यहाँका स्वास्थ्यमन्त्री म्याट ह्यानककले जानकारी दिए । 
स्वास्थ्यमन्त्री म्याटले बताएअनुसार हाल यहाँका अस्पतालहरुमा भर्ना हुनेको संख्या महामारीयताकै सबैभन्दा बढी रहेको छ । यहाँ पहिलाको पहिलो वेभको तुलनामा दोब्बरभन्दा पनि बढी कोरोना सङ्क्रमित अस्पताल भर्ना भएका छन् । साथै कोरोना सङ्क्रमणका कारण भेन्टिलेटर बेडमा रहेका बिरामीको संख्या पनि चार हजार नाघेको छ । उता बेलायतमा खोप दिने क्रम पनि शुरु भएको छ । हालसम्म बेलायतमा ६० लाखभन्दा बढी नागरिकले खोप लगाइसकेका बताइएको छ । यहाँ खोप दिने क्रम जारी रहेकै बेला बेलायतमै निस्किएको नयाँ प्रजातिाको भाइरसको सङ्क्रमण पनि दिन प्रतिदिन बढ्दो छ ।–सिन्ह्वा

प्रकाशित मिति: सोमबार, माघ १२, २०७७  १७:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार