पर्सिबाट नेपालमा खोप अभियान सुरु हुँदै 

सोमबार, माघ १२, २०७७

प्रथम चरण अन्तर्गत कोभिडको प्रत्यक्ष उपचार सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मीहरु, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवकहरु, वृद्धाश्रममा रहेकालाई खोप लगाइने

काठमाडौं । नेपालमा बुधबारबाट कोभिड–१९ विरुद्धको खोप अभियान थालिने भएको छ । माघ १४ गते बिहान १० बजेबाट खोप लगाउन सुरु गरिने स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले बताए । कोरोना खोप अभियानको प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गर्ने कार्यक्रम छ । खोप प्राथमिकतामा रहेका व्यक्तिहरुलाई लगाइनेछु । सातैवटा प्रदेशका अस्पताल र काठमाडौंका प्रमुख अस्पतालहरू भर्चुअल रुपमा जोडिएर कार्यक्रम सुरु हुनेछ । मन्त्री त्रिपाठीका अनुसार सात प्रदेशका ६२ वटा अस्पताल र १२० खोप केन्द्रबाट खोप लगाउन थालिने छ । खोप अभियान माघ १८ गते भित्र ७७ वटै जिल्लाका ३ सय खोप केन्द्रबाट समेत हुनेछ । प्रथम चरणको खोप १० दिनभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको यो अभियानमा ४ लाख ३० हजार जनालाई खोप लगाउने लक्ष्य छ । प्रथम चरण अन्तर्गत फोहर व्यवस्थापनमा खटिने फोहर संकलक तथा चालक, एम्बुलेन्स शव वाहनका चालक–सहचालकहरु, कोभिडको प्रत्यक्ष उपचार सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मीहरु, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवकहरु, अन्तर्राष्ट्रिय प्रवेश विन्दुमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरु, महिला स्वयंसेविका, वृद्धाश्रममा रहेकालाई खोप लगाइने छ । स्वास्थ्यमन्त्रीले प्रथम चरणको खोप अभियान सक्नुभन्दा अगाडि नै नयाँ खोप पाइसक्ने विश्वास व्यक्त गर्दै यो अभियानको निरन्तरता हुने बताए ।
 

प्रकाशित मिति: सोमबार, माघ १२, २०७७  ०७:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार