अर्घाखाँचीको शितगंगामा फैलियो झाडापखलाको प्रकोप

सोमबार, कात्तिक ८, २०७८

अर्घाखाँची :  अर्घाखाँचीको शितगंगा नगरपालिका–११  खरयवट्टी गाँउमा झाडापखालाको प्रकोप फैलिँदा ५३ जना बिरामी परेका छन् ।  खयरवट्टी स्थानीयमा झाडापखाला लाग्ने, वान्ता हुने समस्या देखिएपछि  शितगंगा नगरपालिकाको स्वास्थ टोलीसमेत प्रभावित क्षेत्रमा पुगेको थियो ।

हालसम्म ५३ जना बिरामी परेको र गम्भीर बिरामी भएका पाँच जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भर्ना गरेर उपचार भइरहेको शितगंगा नगरपालकाको स्वास्थ शाखा सहसंयोजक दामोदर ढकालले जानकारी दिए । 

प्राथमिक स्वास्थ केन्द्र ठाडाका चिकित्सक अजय चौधरी लगायतको स्वास्थकर्मी टोली प्रभावित क्षेत्रमा पुगेर उपचार गरेका हुन् । दुषित पानीका कारण झाडापखला फैलिएको हुन सक्ने चिकित्सक चौधरीको अनुमान छ । 

समस्या देखिएका बिरामीलाई खानपानमा सचेत रहन र औषधिको प्रयोग गर्न चौधरीले सुझाव दिए । केही दिनदेखि झाडापखालाको संकेत देखिएपछि गाउँमा बिरामी बढ्दै गएको वडा नम्बर ११ का अध्यक्ष कपिल आलेले बताए । 

प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७८  १०:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार