सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं : युभेन्ट्स र इन्टर मिलानले इटालियन सिरी ‘ए’ फुटबलमा बराबरी खेल्दै अंक बाँडेका छन् ।
आइतबार राति खेलको अन्तिम समयमा अर्जेन्टिनी फरवार्ड पाउलो डिबालाले पेनाल्टीमार्फत गोल गरेपछि इन्टर मिलान र युभेन्ट्सले १–१ गोलको बराबरी खेलेका हुन् ।
घरेलु टोलीले इन्टरले खेलको १७औँ मिनेटमा इडेन जेकोको गोलबाट अग्रता लिएको थियो । खेलको अन्तिम समयमा डिबलाले गोल गर्दै युभेन्ट्सको हार टारे ।
यो बराबरीपछि इन्टर ९ खेलबाट १८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । युभेन्ट्स १५ अंक जोडेर छैटौँ स्थानमा छ ।
आइतबार राति भएको खेलमा एटलान्टा र उडिनेसले १-१ को बराबरी खेल्दा फियोरेन्टिनाविरुद्ध क्याग्लिएरी ३-०को जित पायो । यस्तै हेलास भेरोनाविरुद्ध लाजियो ४–१ ले विजयी रहँदा ) रोमा र नेपोलीले गोल रहित बराबरी खेले ।
सिरी ए मा ९ खेलबाट २५ अंकसहित नापोली शीर्ष स्थानमा छ ।
मार्से र पीएसजीले अंक बाँडे
फ्रेन्च लिगा वानमा मार्से र पेरिस सेन्ट जर्मेन (पीएसजी)ले बराबरी खेल्दै अंक बाँडेका छन् । आइतबार राति भएको खेलमा दुबै टोलीले गोल गर्न नसकेपछि बराबरी खेल्दै अंक बाँडेका हुन् ।
खेलको ५७औँ मिनेटमा पीएसजी १० खेलाडीमा समेटिन पुग्यो । विपक्षी खेलाडीलाई फल गरेपछी रेफ्रीले अचरफ हाकिमीलाई सिधै रातो कार्ड देखाएका थिए ।
यो बराबरीपछि पीएसजी ११ खेलबाट २८ अंक जोडेर शीर्ष स्थानमा यथावत रहँदा मार्से १८अंक जोडेर शीर्ष चारमा छ ।