पाँचसय ५७ सङ्क्रमित थपिँदा ८७७ जना रोगमुक्त

आइतबार, कात्तिक ७, २०७८

काठमाडौँ । बितेका २४ घण्टामा देशभर ५५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ८७७ जना सङ्क्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा रहेका स्वास्थ्यसंस्था र प्रयोगशालामा सात हजार ६२५ जनाको परीक्षण गर्दा  ५५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । छ हजार ६१ जनाको ‘पिसिआर’ परीक्षण गर्दा ५२२ र एक हजार ५६४ जनाको ‘एन्टीजेन’ विधिबाट परीक्षण गर्दा ३५ जना सङ्क्रमित भेटिएका हुन् । 
देशभर १० हजार २०१ जना सक्रिय सङ्क्रमित रहेका, २२० जना क्वारेन्टिनमा रहेका तथा पछिल्लो २४ घण्टामा देशभर सात हजार ५७६ जनाले कोरोनाविरुद्धको खोप लगाएका उक्त मन्त्रालयले जनाएको छ । सोही अवधिमा तीनजना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ३४८ पुगेको छ । आइतबारसम्मको तथ्याङ्कअनुसार आठ लाख नौ हजार ५६ जना सङ्क्रमित भएका छन् भने सात लाख ८७ हजार ५०७ जना सङ्क्रमणमुक्त भएका छन् । 
 

प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७८  २२:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार